शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, पुस ८ गते । ग्रान्डमास्टर दिवाकर महर्जन अभिनीत ‘ज्यापू दाइ’ शीर्षकको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ललितपुरस्थित यलमुल गार्डेनमा आइतबार साँझ भएको कार्यक्रममा नेपाल भाषाको सो गीत र म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सो गीतमा निशा देसारको स्वर रहेको छ । चन्देश्वर महर्जनले रचना गर्नुभएको गीतमा जुगल डङ्गोलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।
रामकृष्ण खड्गीको निर्देशन रहेको सो गीतको म्युजिक भिडियोको छायाङ्कन रकी महर्जनले गर्नुभएको छ । सो भिडियोमा आफ्नो कलासंंस्कृतिप्रतिको लगाव राख्ने ज्यापू
समुदायका एक व्यक्ति खेलको माध्यमबाट अमेरिकासम्म पुगेर त्यहाँ तेक्वान्दो खेलाडी उत्पादन गरिरहेको कथा छ ।