चितवनको नारायणगढ घर भएका सुधीर न्यौपाने हतारिँदै जिल्ला प्रहरी कार्यालय भरतपुरमा पुग्नुभयो । आफन्तलाई साथ लिएर जानुभएका न्यौपाने आफ्नो फेसबुक पेजमा अरू कसैले अश्लील तस्बिर
मनाङ जिल्ला प्रवेश नाकामा झुरुप्प बनेर बसेको तालगाउँ र झरनाको आकर्षण बढ्दै गएको छ। मनाङ जाने जो कोहीलाई यी दुई कृत्रिम तथा प्राकृतिक सौन्दर्यले स्वागत गर्छ। तालगाउँको आकर्षण त्यसमाथि डाँडामा मनै लोभ्याउने झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ। मस्र्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपेको छ।
बागमती प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना प्रव्रिmया अगाडि बढाएको छ । प्रदेश उच्च शिक्षा ऐन २०७८ बनेको डेढ वर्षपछि प्रदेश सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रव्रिmया अगाडि बढाएको हो ।
सन् १९६० अप्रिल २८ मा नेपाल चीन शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएपछि निरन्तर भरोसापूर्ण मित्रका रूपमा नेपाल र चीनले सहयोग आदानप्रदान गरिरहेका छन् । संयुक्त राष्ट्रसङ्घमा अरूले के भन्लान् भन्ने पर्वाह नगरी एक चीनको पक्षमा उभिँदै उसलाई त्यो विश्व संस्थाका सदस्यता दिलाउन नेपालको भूमिका ऐतिहासिक महìवको छ । यस्तै नेपालको भौतिक पूर्वाधार विकासमा तत्कालीन गच्छे अनुसार, तेस्रो देशसँगको सम्बन्ध बिग्रेला कि भन्ने वास्ता नगरी चीनले सहयोग गरिरहेको छ । नेपाललाई हरेक अप्ठ्यारोका बेला सबभन्दा अगाडि सरेर सहयोगको हात बढाइरहेको छ । यतिखेर यही सहृदयी छिमेक
पुरानो भाषामा भन्दा सरकारी विद्यालयमा पढाउने शिक्षक अनायास सडक आन्दोलनमा उत्रिए । प्रतिनिधि सभामा प्रस्तुत शिक्षा विधेयक शिक्षक आन्दोलनको कारण बन्यो । सडक आन्दोलनले शिक्षकका अपेक्षा गरेभन्दा बढी माग पूरा भए होलान् । शिक्षा विधेयकमा उल्लेखित माग र प्रसङ्गलाई विषयान्तर गरेर पनि माग पूरा गर्न सरकार तयार भयो होला । त्यस अनुरूपका सहमति भए होलान् तर सरकारसँग जित्दै गरेका शिक्षक समाजसँग हारेका छन् । उनीहरूको सडक प्रदर्शनले राज
साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताउनुभयो ।
विवाह यस्तो सम्बन्ध हो, जुन मानवजातिको उत्पत्ति सँगसँगै स्थापित भएर आएको देखिन्छ । धर्मग्रन्थ अनुसार शिवशक्ति या ब्रह्मा र सरस्वतीको होस् या इभ र आदमको होस् परापूर्वकालदेखि नै यो सम्बन्ध स्थापित हुँदै आएको पाइन्छ । ऋषि सभ्यतामा छोरीलाई दक्ष र योग्य बनाएर मात्र विवाह गरिदिने चलन थियो । राजा महाराजा कुलकी
दोलखाको सदरमुकाम चरीकोटमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दोलखा शाखाले आयोजना गरेको चारदिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न भएको छ ।
सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् । कपुरकोट गाउँपालिका ३ चोर खोला बिहान ६ बजे राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाली उपभोक्ता महँगीको चर्को मारमा पर्न थालेका छन् । केही साताअघि प्रतिकेजी एक सय रुपियाँमा पाउने चिनी अहिले झन्डै १५० रुपियाँ हाराहारी पुगेको छ तर पनि बजारमा खुला रूपमा चिनी पाइँदैन । महँगो मोलमा कारोबार भने भइनै रहेको छ । स्रोत बजारमा चिनीको उपभोक्ता मूल्य प्रतिकिलो ७३ रुपियाँको हाराहारीमा छ । प्रतिकिलो एक सय रुपियाँमा बेच्नु नै अधिक मुनाफा हो तर कृत्रिम अभाव सिर्जना गरी चर्को भाउ बढाइएको छ । चर्को भाउमा पनि बजारमा चिनी नपाउँदा कालो बजारी बढेको स्पष्टै छ । चिनी त झट्ट आउने उदाहरण मात्र हो । चामल, पिठो, तेल, मसला, तरकारीलगायत नागरिकका दैनिक जीवनसँग जोडिएका
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।
थोरै थोरै मानिस मिलेर वा उनीहरूको सहकार्यबाट सुरक्षित भविष्य खोज्दै बचत गर्ने प्रचलन सुरु भएसँगै सहकारीको विकास भएको हो । जब मानिस मानिस मिलेर बचत गर्न थाले, त्यसपछि सहकारी संस्था खोलिने क्रम बढ्यो । हाल गाउँघर होस् या सहर बजार सबैतिर सहकारी नै सहकारी छन् । सहकारी नपुगेको ठाउँ छैन । अझै पनि दिनभरिको कमाइ मानिसले सुरक्षित भविष्यको कामना गर्दै थोरै भए पनि सहकारीमा बचत गर्दछन् तर आमसर्वसाधारणले आफ्नो कमाइको थोरै रकम
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वन ‘ख’ मा ताल निर्माण हुने भएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा यो तालको निर्माण गर्न लागेको हो ।
नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले नेपालमा चिनियाँ लगानी विस्तार, पर्यटन प्रवर्धन र द्विदेशीय व्यापार सहजताका लागि आपसी सहकार्य विस्तारमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड (सिसिपिआइटी) ले संयुक्त रूपमा चीनमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको वताउनुभयो ।