१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ ।
सुर्खेतमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् । एक जना १९ वर्षीय पुरुष छन् ।
कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार शिक्षक महासंघसँग भएको सम्झौताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ ।
नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशनका लागि एमाले पाँचथरले ८ वटा स्थानीय तहबाट २९ जना प्रतिनिधि छनौट गरेको छ । एमालेको प्रदेश अधिवेश असोज १२ र १३ गते विराटनगरमा हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।
एकसिंगे गैैंडा मारेर खाग चोरी गरेकोे मुद्दामा २५ वर्ष अगाडि अदालतले दोषी ठहर गरेपछि फरार रहेका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । पक्राउ पर्नेमा गोगन बानिया क्षेत्री, यामबहादुर बानिया र हरि कार्की छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको आस्थाको केन्द्र जनकपुरधामको जानकी मन्दिरमा सोमबार बिहान विशेष पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट आज उद्घाटन हुने अधिवेशनको बन्दसत्र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ । अधिवेशनका लागि एक हजार एक सय ५० प्रतिनिधि छानिएका छन् ।
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैर आवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको रुममा पहिरोमा परेर ५० वर्षीय कृष्णबहादुर विकको मृत्यु भएको छ ।
वन तथा वातावरणका दृष्टिले वनको संरक्षण महत्वपूर्ण मानिए पनि भौतिक पूर्वाधार निर्माणका लागि रुख कटान तथा वन क्षेत्रको जग्गा प्रयोग उत्तिकै महत्वपूर्ण रहेको छ । अन्तरसरकारी निकायबीच समन्वय नहुने समस्या उत्तिकै छ ।
कोशी प्रदेशको सुरक्षा अवस्थाको बारेमा छलफल गर्न आज सुरक्षा बैठक बस्दै छ । बैठकमा मुख्य गरी कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्था र रणनीतिको बारेमा छलफल गर्ने योजना छ ।
दोलखाको तामाकोसी गाउँपालिमा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहन बहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।
चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ ।