• १० जेठ २०८१, बिहिबार

पाँचथरबाट एमालेका २९ जना प्रतिनिधि चुनिए

blog

राधा लुइँटेल

फिदिम, असोज ८ गते । नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशनका लागि एमाले पाँचथरले ८ वटा स्थानीय तहबाट २९ जना प्रतिनिधि छनाेट गरेको छ । एमालेको प्रदेश अधिवेश असोज १२ र १३ गते विराटनगरमा हुने एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीले जानकारी दिनुभयो ।

एमालेले याङवरक गाउँपालिकावाट नरवबहादुर गुरुङ, लेखनाथ घिमिरे, विलास योङ्या, कमलकुमारी योङहाङ, बलबहादुर नेपाली र बाबा मेन्याङवो, हिलिहाङ गाउँपालिकाबाट विष्णुप्रसाद सापकोटा, गोपिकृष्ण भण्डारी, भुवानीप्रसाद लिङ्देन, माया कन्दङ्वा र सुमित्रा सेढाइँलाई प्रतिनिधि चुनेको छ ।

यस्तै, फालेलुङबाट जयप्रकाश केरुङ र नरेन्द्र आङथोपु फिदिम नगरपालिकाबाट राजकुमार भण्डारी, पृथ्वी लावती, जलकुमार तामाङ, कमल थपलिया, आशारत्न जवेगू र मुना नेम्वाङ, फाल्गुनन्द गाउँपालिकाबाट अमर राई र करुणा राई, कुम्मायक गाउँपालिकाबाट भीमप्रसाद सम्बाहाम्फे, पूर्णकुमार खड्का र मनमाया लावती, तुम्वेवा गाउँपालिकाबाट गोविन्द तामाङ र भगवती चाम्लिङ तथा मिक्लाजुङबाट नरेन्द्र बस्नेत र धनकुमार फियाक प्रतिनिधि चुनिएको जिल्ला अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार एमालेको विधानले प्रदेश अधिवेशनबाट एक सय सङ्गठित सदस्य बराबर १ जना प्रतिनिधि चुन्ने व्यवस्था गरेको छ । एमालेको प्रथम अधिवेशन असोज १२ र १३ गते प्रदेश राजधानी विराटनगरमा हुने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।