तुलसीपुर उपमहानगरपालिका वडा २ मा रहेको दर्पण कृषि सहकारी संस्थाले गाउँमै उत्पादन भएको तोरीलाई गाउँमै खपत गर्न सुरु गरेको छ । सहकारी संस्थाले तेल उत्पादनका लागि मिल र तेल प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो ।
पाल्पामा थप एक जनाको डेङ्गी सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी –१, चिदीपानीका ३५ वर्षका युवक रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
नेपालका भाषा, कला, संस्कृतिको सम्बर्धन र प्रवर्धनमा १११ वर्ष सेवा गरेको साझा प्रकाशनले दुई हप्ते विशेष पुस्तक प्रदर्शनी सुरु गरेको छ ।
बुटवलमा सोमबारदेखि कोसेली घर सञ्चालनमा आएको छ । उद्योग बाणिज्य संघको हलमा महिला उद्यमीले सञ्चालन गरेका उद्योगका उत्पादन तथा स्थानीय हस्तकलाका सामानहरु सुपथ मुल्यमा बिक्री वितरण गर्नेगरी कोशेली घर सञ्चालनमा ल्याइएको हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिका –६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित प्रसुति भवन तथा एम्वुलेन्सको उदघाटन गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कार्यान्वयनमा जिम्मेवार बन्न आग्रह गर्नुभएको छ ।
सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारले जनतालाई अधिकार दिने विषयमा कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाले सोमबार राष्ट्रपति पौडेललाई गरेको अभिनन्दन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (सोमबार) चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधीस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानुनी दायरमा ल्याउने बताउनुभएको छ ।
एसियाली खेलकुद (एसियाड)को साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । नेपालबाट सहभागी सुरज रानामगर र उषा खनालले सोमबार निर्धारित दूरी समेत तय गर्न सक्नुभएन ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तारसँगै मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ‘गुनासो राप्तीसोनारी एप’ औपचारिक रुपमा प्रयोगमा ल्याएको छ । गत असारबाट परीक्षण सुरु गरेपनि उक्त एपलाई आइतबारबाट औपचारिक रुपमा प्रयोगमा ल्याइएको हो ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति विभाजित भए पनि सत्य कहिल्ये विभाजित नहुने हुनाले सत्य काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । काठमाडौंमा सोमबार आयोजित एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा उहाँले सो कुरा बताउनुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रको कार्यभार पूरा गर्न आपसी सद्भाव र एकता हुनु आवश्यक रहेको बताउनुभएको छ ।