• २६ वैशाख २०८२, शुक्रबार

यो गठबन्धन पाँच वर्ष कायम रहन्छ : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु । तस्बिर : सलिम मियाँ

सलिम मियाँ

विजुवार (प्यूठान), असोज ८ गते । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दावी गर्नुभएको छ ।

सोमबार प्यूठानको बिजुवारमा पत्रकारसँगको भेटमा उहाँले मुलुकको आवश्यकताले यो गठबन्धन बनेकाले पूरै समय काम रहने बताउनुभएको हो ।  उहाँले अहिलेको गठबन्धनलाई मजबुद बनाएर लैजानुपर्ने बताउँदै भन्नुभयो, “अब गठबन्धन काँचो धागोले नभइ बलियो धागोले बाँधेर अघि बढ्छ ।” 

बामपन्थी एकतालाई अगाडि बढाउन समाजबादी मोर्चा निर्माण गरिएको  बताउनुहुँदै अध्यक्ष नेपालले कम्युनिस्टहरु मिलेर जानुपर्ने धारणा राख्नुभयो । पार्टी अहिले संगठन सुदृढीकरण अभियानमै रहेको उहाँको भनाइ छ । 

असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली अभियान सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।  भ्रष्टाचार न्यूनीकरण र जनताको समस्या सम्बोधन गर्न सरकारले चालेको प्रयास सकारात्मक भन्दै  उहाँले प्रशंसा गर्नुभयो ।