नेपालगन्जमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले स्नातक तहमा आइटी कोर्स अध्ययनका लागि प्रवेश परीक्षा आवेदन म्याद बढाएको छ । इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानमा शैक्षिक सत्र २०८०–०८१ का लागि स्नातक तहमा सञ्चालन हुने कार्यक्रम ‘बी टेक इन सिएस एन्ड एआई’ र ‘बी टेक इन आइटी’ मा भर्नाका लागि आवेदन म्याद थप गरिएको कुलसचिव रेगबहादुर भण्डारीले जानकारी दिनुभयो ।
म मङ्गलबार राति निद्राबाट ब्युँझिएपछि यस्तो भएको हो । बानी अनुसार भान्साकोठामा दुधको एक कप कडा चिया बनाउन गएँ । त्यहाँ पुगिसकेपछि मन परिवर्तन गरेँ र पहिले आफ्नो अनुहार धुने निर्णय गरेँ ।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ,लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
पर्वत र बागलुङ खण्डमा पर्ने कालीगण्डकी नदी किनारमा वर्षाको भेलमा समेत नदीजन्य पदार्थको अवैध दोहन रोकिएको छैन । वर्षामा बालुवा, गिट्टीको अत्यधिक दोहन गरिँदा यहाँको घाट गायब भएको छ । पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से भन्ने स्थानको कालीगण्डकी किनारमा रहेको शिवालय चौपारीघाटको संरचना नै हराएको छ ।
सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायण खोलामा यो वर्ष असोज लागिसक्दासमेत यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । गएको असारमा बाढी आएर खोलाको बाटो बिगारेदेखि त्यस भेगमा यातायातका साधन ठप्प भएका हुन् । सडक नपुगेको लालबन्दी नगरपालिका–१४ मा पर्ने नारायण खोलामा बाढी आउन छाडेपछि यातायात सञ्चालन गर्ने तयारी गरिएको छ ।
सुर्खेतमा १३ वर्षीय बालिका बलात्कार आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना १८ वर्षभन्दा कम उमेरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख योगेन्द्रसिंह थापाका अनुसार बिहीबार साँझ छिमेकीको घरमा नाचगान हेर्न गएका बेला बालिका बलात्कारमा पर्नुभएको हो । बलात्कार आरोपमा पक्राउ परेका चारै जना पञ्चपुरी नगरपालिकाका हुन् । पक्राउ परेका एक जना युवा १९ वर्षका छन् । ती चारै जनाले फरक फरक स्थानमा लगेर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकाले सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका शिक्षकलाई अवकाश दिने भएको छ । आइतबार भएको नगर शिक्षा समितिको बैठकले स्रोत अभावका कारण सङ्घीय ससर्त अनुदान अन्तर्गत नियुक्त भएका ११ जना शिक्षकलाई तलब, भत्ता उपलब्ध गराउन नसक्ने भन्दै सोमबारदेखि विद्यालयमा हाजिर नगराउन निर्देशन दिएको हो ।
विकासमा अघि बढ्दै गरेको डोल्पामा कृषि र पर्यटनमा प्रचुर सम्भावना छन्। धार्मिक पर्यटनका हिसाबले प्रख्यात त्रिपुरासुन्दरी मन्दिर यहीँ छ। सोही नामबाट डोल्पाको एक नगरपालिकाको नामकरण गरिएको छ, त्रिपुरासुन्दरी । पूर्वमा ठुलीभेरी, पश्चिममा जगदुल्ला, दक्षिणमा रुकुम उत्तर मुकोट हिमालमा रहेको छ, त्रिपुरासुन्दरी । आर्थिक, सामाजिक, भौतिक संरचना निर्माण, शिक्षा, स्वास्थ्य र सडक विकासको दृष्टिले अन्य पालिकामध्ये त्रिपुरासुन्दरी अब्बल रूपमा परिचित छ । धार्मिक प
सुर्खेतमा निर्माणाधीन सङ्ग्रहालय तथा अभिलेखालयको भवन तीन वर्षदेखि अलपत्र परेको छ। निर्माणको जिम्मा लिएको अनिवार्य विल्डर्सले आधा कामसमेत नगरी सम्पर्कविहीन भएको छ । ताकिता गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि कर्णाली प्रदेश सरकारले निर्माण सम्झौता रद्द गर्ने तयारी गरेको छ ।
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् ।
जलविद्युत् आयोजना निर्माण तथा विद्युत् प्रसारण लाइन निर्माणको सिलसिलामा वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान निकाल्न मन्त्रालयस्तरीय छलफल भएको छ । विद्युत् प्रसारण लाइन समयमा बनाउन वन मन्त्रालय र मातहतका निकायले अध्ययन तथा रुख कटान स्वीकृतिले समस्या पारिरहेको भन्दै नेपाल विद्युत् प्राधिकरणलगायत सरोकारवालाले आलोचना गर्न सार्वजनिक आलोचना गर्न थालेपछि दुई मन्त्रालयका मन्त्रीबिच आइतबार छलफल भएको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको महाशाखाले छ।
गत वर्ष घट्दो क्रममा रहेको आयात व्यापार चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्ममा बढ्न थालेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत साउनमा एक खर्ब २९ अर्ब २३ करोड रुपियाँको वस्तु आयात भएकोमा भदौमा मात्रै एक खर्ब ३० अर्ब ५१ करोड रुपियाँको वस्तु आयात भएको छ । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दा केही वस्तुको आयातमा लगाइएको प्रतिबन्धका कारण आयात घट्दो क्रममा थियो । त्यस्तो प्रतिब
अर्थतन्त्रलाई गति दिनका लागि विकास खर्चको ठुलो महत्व हुन्छ तर सङ्घीय नेपालका तीन वटै सरकारका लागि न्यून विकास खर्चको कुरा टाउको दुखाइको विषय बनेको छ । विगत दुई दशकदेखि नै एकातिर कुल बजेटमा पुँजीगत बजेटको अनुपात बढ्न नसक्नु र अर्कातिर विनियोजित बजेट न्यून खर्च हुनुले राज्यको समग्र आर्थिक उन्नतिमा प्रतिकूल असर परेको छ भने अपेक्षाकृत लगानी हुन नसक्दा आर्थिक वृद्धि प्रतिशतसमेत न्यून भएको छ । यसैले राज्यका लागि विकास बजेट र पुँजीगत खर्च बढाउनु राष्ट्रिय चुनौती बनेको छ ।