जात्राको पहिलो दिन आज नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिङ्गा ठडाएर जात्रा सुरु गरिएको हो । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन स्थानीयवासीमा यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहास्वििद एवं संस्कृतिविद् प्रा।डा। पुरुषोत्तम लोचन श्रेष्ठ जानकारी दिनुहुन्छ ।
राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलि नामका दुई पोथी गैंडा नियन्त्रणमा लिएर कोशीटप्पु वन्यजन्तु आरक्ष पठाइएको छ ।
नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् ।
नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
काठमाडौँ महानगरले आज याँया (इन्द्रजात्रा) को अवधिमा आवागमन व्यवस्थापनसम्बन्धी एक सूचना प्रकासित गरी असोज ११ गते वसन्तपुर, मरु, चिङकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै वसन्तपुरसम्म सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।
दक्षिण एसियाली मुलुक पाकिस्तान भ्रष्टाचारको जालोमा जेलिएको छ । त्यहाँ भ्रष्टाचारको आरोपमा दुई पूर्वराष्ट्रपति, सात पूर्वप्रधानमन्त्री तथा उच्च अधिकारी जेल परे पनि भ्रष्टाचारमा कमी आएको देखिँदैन । बढ्दो भ्रष्टाचार र सुशासनको कमीले पाकिस्तानी जनजीवन कष्टकर छ भने विकास प्रक्रिया अवरुद्ध भएका छन् । पछिल्लो पटक पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल हालिएको छ । उनलाई गत अगस्त ५ मा इस्लामाबादको जिल्ला अदालतले तोसाखाना प्रकरणमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपियाँ जरिबाना ग¥यो । अदालतको फैसलालगत्तै उनलाई पक्राउ गरिएको थियो र उनलाई अटो
पीडितबहादुर र राहतबहादुर सानैदेखिका मिल्ने साथी थिए । पीडितबहादुर गाउँमा नै केही गरेर बस्नु पर्छ भन्ने मान्यता राख्थे । राहतबहादुरको समाज सेवामा रुचि थियो । समय बित्दै गयो पीडितबहादुरला
सरकारले संसदमा विभिन्न विधेयकहरू ल्याउँदा पर्याप्त छलफल नगरी ल्याउने गरेको पाएको जनाउँदै यसले आफू चिन्तित बनेको सभामुख देवराज घिमिरेले बताउनु भएको छ । सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउन गरेको यो ९ महिनाको अवधिमा मैले महसुस गरेको छु, घिमिरेले भन्नुभयो ।
तनहुँमा घरको दलानबाट खसेर एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कने बस्ने महेन्द्र सापकोटाको २२ महिनाको छोरा मनिष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सिसी क्यामेरा’बाट हुने भएको छ । यसका लागि यसस्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सिसी क्यामेरा’ जडान समेत गरिएको छ ।
स्थानीय तह गठनको छ वर्षभन्दा बढी समय बित्दा पनि गुल्मीका पाँच स्थानीय तहका कार्यालय भाडाकै भवनबाट सञ्चालन हुँदै आएका छन् । आफ्नै प्रशासकीय भवन नहुँदा स्थानीय सरकारको रकम कार्यालय भाडामै खर्च हुने गरेको छ । मुसीकोट नगरपालिका, इस्मा, गुल्मीदरबार, कालीगण्डकी र चन्द्रकोट गाउँपालिका भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेका छन् । इस्मा गाउँपालिकाले २०७४ सालदेखि भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ । भवनका लागि मासिक ३३ हजारका दरले भाडा बुझाउँदै आएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिनुभयो । वडा नं. २ को वडा कार्यालय पनि भाडामा बस्दै आएको उहाँले जानकारी दिनुभयो । चन्द्रकोट गाउँपालिकाले स्थापनाकालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गर्दै आएको छ । मासिक ९७ हजार रुपियाँ
नेपाल र चीनबीच बिजुली आदान– प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ ।