• १४ मंसिर २०८१, शुक्रबार

घरको दलानबाट खसेर बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, असोज ९ गते । तनहुँमा घरको दलानबाट खसेर एक बालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१२ छिर्कने बस्ने महेन्द्र सापकोटाको  २२ महिनाको छोरा मनीष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।

सोमबार बिहान ११ः४५ बजे बालक घरको पहिलो तलाको दलान(बार्दली) बाट खसेर गम्भीर  घाइते भएपछि उपचारको लागि सदरमुकाम दमौलीस्थित दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खाँडले जानकारी दिनुभयो । घटनाको सबन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताउनुभयो ।