चामलको बोरामा लुकाएर झापाबाट काठमाडौँ पठाउन लागेको झण्डै १० ग्राम ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामुदायिक विद्यालयका शिक्षक–कर्मचारी र सरोकारवालाका समस्या हल हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्नुपर्ने बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले दिव्य शताब्दी पुरुष डा.गौरीशंकरलाल दासलाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।
इन्द्रजात्रा अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आउनुभएको छ ।
चन्द्रपुर नगरपालिकामा रहेको आधारभूत तहका अधिकांश सामुदायिक विद्यालय भौतिक पूर्वाधारको अभावमा सञ्चालित छन् ।
काठमाडौँ महानगरपालिकाले ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सबै वडामा अनुरोध गरेको छ ।
चीनको औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम सहर छोङछिङमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवम् सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन जियाजुनले छोङछिङ सहरमा भेटवार्ता गर्नुभएको छ ।
चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथाशक्य चाँडो शिखर वार्ता हुनेभएको छ । सरकारी अधिकारीहरूका अनुसार सन् २०१९ पछि पहिलो पटक त्रिपक्षीय वार्ता हुन लागेको हो ।
यहाँका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको अगुवाइमा आजदेखि सुरु भएको अनुगमनका क्रममा जनकपुरधामस्थित रेल्वे स्टेसन क्षेत्रमा रहेका मासु पसलको अवस्थाबारे जानकारी लिइएको थियो ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा किसान मार्टलाई एक लाख रुपियाँ जरिवाना गरेको जनाएको छ ।
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन गरिनेभएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर उक्त पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिनुभयो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गर्नुभएको छ । इजिप्टको शर्मा अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैङ्कको बोर्ड अफ गभर्नसको आठौँ बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्नुहुँदै डा. महतले सो कुरा बताउनुभएको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ तीनकन्या कुभिण्डेका बासिन्दा विद्युतीय लिफ्टबाट घर–घरमा खानेपानीको सुविधा पाउँदा खुसी भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गर्नुभएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बन्दसत्र जारी छ । प्रदेश अध्यक्षमा पाँच जना आकाङ्क्षी रहेको एमाले नेताहरूले बताउनुभएको छ ।