• ४ पुस २०८१, बिहिबार

संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भयो : नेता केसी

blog

नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसी ।

काठमाडौं, असोज ९ गते । नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै नेता केसीले यस्तो टिप्पणाी गर्नुभएको हो । उहाँले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनेहरुले छायाँमा राख्ने काम भइरहेको बताउनुभयो । उहाँले भागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको जानकारी दिनुभयो ।

नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरुले छायाँमा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरीह हुनसक्ने बताउनुभयो । उहाँले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाइ गर्नुपर्ने आवश्यक रहेको औंल्याउनुभयो । उहाँले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुनसक्ने अवस्था रहेको बताउनुभयो ।

‘‘बेरुजु कम गर्ने समाधानको पक्ष के हो । पछिल्लो समयको मुख्य समस्या एकपछि अर्को गर्दै बेरुजु वृद्धि हुँदै गएको छ । संवैधानिक परिषद्ले जसरी काम गरिरहेको छ । त्यो संवैधानिक परिषद् नै जसरी भागबण्डा परिषद्को रुपमा विकसित भएको छ । त्यसलाई पूर्ण नसक्ने हो भने हाम्रो संवैधानिक संस्था जसरी दल वा सत्तामा बसेकाहरुको निरीह र छायाँ बनाउने कोशिष गरिएको छ त्यो निरन्तरता रहन्छ ।,’’ नेता केसीले भन्नुभयो, ‘‘निरन्तरताको फलस्वरुप हाम्रा स्वतन्त्र संवैधानिक संस्थाहरु छन् । ती झन निरीह हुनसक्ने सम्भावना छ । महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको के छ ब्यालेन्स । कतिपय कुराहरु महालेखा नियन्त्रक कार्यालयले नसक्दा पनि बेरुजु बढी आउनेगर्छ । महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुनसक्छ । महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कति कडाइ गर्नसक्छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ ।’’

उहाँले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताउनुभयो ।