सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सुरु भएको छलफलमा उहाँले सार्वजनिक सञ्चार माध्यम सरकारको गुणगान गर्ने संस्थाका रूपमा मात्र सीमित हुन नहुने धारणा राख्नुभयो ।
‘नियमित दुध सेवन, बालबालिकाको स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ नवौँ ‘विश्व स्कुल दुध दिवस’ कविता प्रतियोगिता गराएर मनाइएको छ । पशु सेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान (डिडिसी), केन्द्रीय दुग्ध सहकारी सङ्घ, एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) लगायत संस्थाको सहकार्यमा नेपाल डेरी एसोसिएसनले मङ्गलबार दुध दिवसका अवसरमा विभिन्न १८ वटा विद्यालयका विद्यार्थीबिच कविता प्रतियोगिता गराएको छ ।
विश्व पर्यटन दिवस बुधबार (आज) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनको स्थापना भएपछि सोही दिनको संस्मरणमा सन् १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउँदै आइएको हो । नेपालमा पनि ४४ औँ विश्व पर्यटन दिवसका अवसरमा आज (बुधबार) ‘पर्यटन र हरित लगानी’ भन्ने नारासहित विभिन्न कार्यक्रम गर्दै विश्व पर्यटन दिवस मनाउन लागिएको छ ।
१. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ? आश्विन २ – नेपाल सरकार, मन्त्रीपरिषद्बाट मिति २०८० जेठ ९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए अनुसार हरेक वर्ष आश्विन २ गते शिक्षा दिवस मनाउन थालिएको । – यस वर्ष (२०८०) को राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य ‘
विशेष अनुदानका उद्देश्य, क्षेत्र र आधार १. विशेष अनुदान भनेको के हो ? विशेष अनुदानको उद्देश्यमाथि प्रकाश पार्दै विशेष अनुदान प्रदान गर्न सकिने क्षेत्र र अनुदान प्रदान गर्ने आधारहरू उल्लेख गर्नुहोस् । कुनै विशेष आयोजना वा कार्यक्रम सञ्चालन गर्नका लागि प्रदान गरिने अनुदान विशेष अनुदान हो । कुनै वर्ग, क्षेत्र, समुदायको विशेष आवश्यकता सम्बोधन गर्नका लागि प्रदेश तथा स्थानीय तहले पहिचान गरेका आयोजना वा कार्यक्रम सञ्चालन गर्न विशेष अनुदान प्रदान गरिन्छ । नेपालको संविधानको धारा ६० (६) मा उल्लेख भएको
अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् ।
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नदी कटान नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले नाम्खा गाउँपालिका –५ मुचु गाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।