विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन । पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे । उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो ।
जाजरकोटको नलगाड नगरपालिका - ११ मा पर्ने सडक निर्माणका क्रममा एउटै उपभोक्ता समितिले दुई कार्यालयबाट भुक्तानी लिएको पाइएको छ । गत आर्थिक बर्ष २०७९-०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी भएको पाइएको छ ।
उदयपुरमा निर्माण गर्ने भनिएको सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम प्रभावित भएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा सो विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि कुनै पनि शीर्षकमा रकम विनियोजन नगरेपछि विमानस्थल निर्माणसम्बन्धी सबै काम प्रभावित भएको हो ।
राजविराज नगरको सौन्दर्य बढाएको भगवती मन्दिर पोखरी फोहोर फाल्ने डम्पिङ साइटका रूपमा प्रयोग हुन थालेको छ । राजविराज–७ स्थित नगरपालिका कार्यालयको मुखमै
गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा पाटन नगरपालिका–८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हबल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले डोजरे विकासले पछिल्लो समय समस्या निम्त्याएको बताउनुभएको छ । पछिल्लो समस्या गाउँघरमा देखिएको बाढीपहिरोका अधिकांश घटना डोजरे विकासका कारण भएको उहाँको भनाइ छ । उहाँले विकास निर्माणका तरिका ठिक नभएकाले त्यसले विपत् निम्त्याउने गरेको बताउनुभयो ।
विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई स्वागत गरिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गर्नुभएको हो ।
नेपाली जनजीवनमा रात्रिजीवन उतिसारो चर्चा नभएको विषय हो । रात्रिजीवनको प्रसङ्ग कोट्याउँदा धेरैका मन–मस्तिष्कमा सहरका नाइट क्लब, डिस्कोथेक, पब, बार, डान्स बार, क्यासिनोलगायत पश्चिमी शैलीका खर्चालु र चमकदमकपूर्ण रात्रिचर्याको तस्बिर आउँछ । रातको निशाचरमा नगरका पब वा बारमा गएर मद्यपान गर्नु, अनेकन प्रकारका गाना–बजानामा सामेल हुनु तथा निर्बन्ध किसिमले घुमफिर गरी मनोरञ्जनपूर्ण गतिविधिमा सरिक हुनुलाई शब्दकोशले रात्रिजीवन भनेर परिभाषित गरेको पाइन्छ । रात्रिजीवनको पश्चिमा परिभाषा बहुधा साँघुरो र अपूर्ण देखिन्छ ।
गत अगस्तको पहिलो हप्ता युक्रेनी अधिकारीहरूले किभमा रहेको ऐतिहासिक ‘मातृभूमि आमा’ को मूर्तिबाट सोभियत युगको प्रतीक चिह्न हटाए र त्यसलाई त्रिशूल चिह्नबाट प्रतिस्थापित गरिदिए । त्यस दिनदेखि यो इतिहासको साक्षीले एक हातमा समातेको ढालमा रहेको हथौडा र हँसियाको निसान छाप गुमायो । युक्रेनी सत्ता यो कदमलाई कम्युनिस्ट विगतबाट युक्रेनको सांस्कृतिक पहिचानको पुनस्र्थापनाको एक हिस्सा हो भन्ने दाबी गर्दछ । यसै गरी सन् २०२३ जुलाई ४ मा युक्रेनको राजधानी
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले कफी, निम, एलोभेरालगायतका जडीबुटीबाट छालाको स्याहारका लागि आफैँले विभिन्न सौन्दर्य (कस्मेटिक्स) सामग्री उत्पादन गरेको छ । अस्पतालले सन् २०१५ देखि छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धानका एवं विकास योजनाका रूपमा ‘स्याहार’ नामका विभिन्न सौन्दर्यका सामग्री उत्पादन गर्दै आएको जनाएको छ ।
पहराको छाती मेरो स्पातको छाती बज्रहरू सहिदिन्छु, हाँसी हाँसी साथी ।
जुम्लाका विद्यालयमा महिनावारी हुँदा असहज भएको अवस्थामा आरामका लागि विशेष कक्ष निर्माण गरिएका छन्। स्थानीय सरकारसँगको समन्वयमा पेस नेपाल जुम्लाले हिमा गाउँपालिका, कनकासुन्दरी र सिँजा गाउँपालिकाका दुई/दुई विद्यालयमा नमुनाका रूपमा महिनावारी कक्ष स्थापना गरेको हो।
ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।
दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।