चीनमा जारी १९औँ एसियाड अन्तर्गत पौडीमा डुआना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिनुभएको छ । बुधबार महिला एक सय मिटर ब्रेस्टस्ट्रोक स्पर्धामा हिट ‘एक’बाट प्रतिस्पर्धा गर्नुभएकी डुआना आफ्नो हिटमा सातौँ हुनुभयो ।
लमजुङको बेँसीसहरबाट सुरू हुने अन्नपूर्ण पदमार्ग (अन्नपूर्ण सर्किट) को यात्रा मनाङ हुँदै विश्वकै अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ (५,४१६ मिटर) पार हुँदै मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुङ्गिन्छ ।
चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने मान्यतालाई तोड्दै रुपन्देहीमा बितेको एक वर्षमा २८ पटक बजार अनुगमन भएको छ । जिल्ला बजार अनुगमन समितिले गत वर्षको साउनदेखि यता २८ पटक बजार अनुगमन गरेको हो ।
प्राकृतिक सुन्दरताको आनन्द लिन लोदेन घुम्न जानका लागि काठमाडौंमा योजना बनाएर अनिल खड्का र लोकेश लिवाङ ताप्लेजुङ पुग्नुभयो । फुङ्लिङबाट आवश्यक सामग्री आफैंले बोकेर मिक्वाखोला गाउँपालिकाको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र लोदेन पुग्नुभयो ।
“आशा जगाऔँ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ प्रहरी आजभोलि विद्यालयहरुमा पुग्ने गरेको छ । विद्यार्थीको बाल मानसपटलमा सकारात्मक उर्जा भर्न मुस्कानसहित प्रहरी यतिबेला विद्यालयहरुमा पुग्ने गरेको छ ।
स्थल नाका हुँदै नेपाल आएका विदेशी पर्यटकहरूलाई बुधबार बेलहिया नाकामा भव्य स्वागत गरिएको छ । ४४औं विश्व पर्यटन दिवसको अवसरमा स्थलमार्ग हुँदै आएका पहिलो पाँच जना पर्यटकलाई बेलहिया नाकामा स्वागत गरिएको हो ।
फेवातालको ६५ मिटरभित्रका सबै संरचना ६ महिनाभित्र हटाउन पोखरा महानगरपालिकालाई सर्वोच्च अदालतले आदेश दिएको छ ।
अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।
नेपाल विद्युत प्राधिकरणले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता वृद्धि गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उहाँले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताउनुभयो ।
“गत साउन १२ गतेदेखिको अविरल वर्षापछि आएको बाढी र पहिराले हुम्लामा ठूलो धनजनको क्षति भयो, म त्यहाँको जनप्रतिनिधि, प्रमुख प्रतिपक्षीबाट लगातार संसद् अवरुद्ध हुँदा मैले जनताको दुःख सदनमा राख्न पाइनँ, सधैँ संसद् अवरोध भएपछि उक्त घटना नै बासी भइसक्यो”
जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ
डडेलधुरा मेडिकल कलेजले मेडिकल ल्याब टेक्नोलोजीको पढाइ सुरु पढाई सुरु गर्ने भएको छ । स्थापना भइरहेको डडेलधुरा मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको छ ।
अध्ययन र प्रचारप्रसारको अभावका कारण नेपालका अनेकौँ धार्मिक, सांस्कृतिक सम्पदा ओझेलमा परेका छन् । रौतहटको मौलापुर नगरपालिका–५ मा रहेको अनेक रहस्यले भरिएको पुरातात्त्विक महत्वको पतौरा मन्दिर उपेक्षित सम्पदामा पर्दछ । यो एउटा यस्तो मन्दिर हो जसको जति उत्खनन ग¥यो, जति अनुसन्धान ग¥यो उति नै नयाँ रहस्य उद्घाटित भइरहेको छ ।