काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालले कफी, निम, एलोभेरालगायतका जडीबुटीबाट छालाको स्याहारका लागि आफैँले विभिन्न सौन्दर्य (कस्मेटिक्स) सामग्री उत्पादन गरेको छ । अस्पतालले सन् २०१५ देखि छालासम्बन्धी स्याहार एवं उपचारका लागि अनुसन्धानका एवं विकास योजनाका रूपमा ‘स्याहार’ नामका विभिन्न सौन्दर्यका सामग्री उत्पादन गर्दै आएको जनाएको छ ।
पहराको छाती मेरो स्पातको छाती बज्रहरू सहिदिन्छु, हाँसी हाँसी साथी ।
जुम्लाका विद्यालयमा महिनावारी हुँदा असहज भएको अवस्थामा आरामका लागि विशेष कक्ष निर्माण गरिएका छन्। स्थानीय सरकारसँगको समन्वयमा पेस नेपाल जुम्लाले हिमा गाउँपालिका, कनकासुन्दरी र सिँजा गाउँपालिकाका दुई/दुई विद्यालयमा नमुनाका रूपमा महिनावारी कक्ष स्थापना गरेको हो।
ठेक्का सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन हुँदा म्याग्दीको मालिका गाउँपालिकाले लाखौँ राजस्व गुमाएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो ।
दुग्ध विकास संस्थानद्वारा यहाँ सञ्चालित चन्दनबारी चिज उत्पादन केन्द्रलाई रु १० हजार जरिवाना गराइएको छ । चिज राख्ने भण्डार अव्यवस्थित पाइएको, बिलबिजक जारी नगरेको, बिग्रिएको चिज उपभोक्तालाई बिक्री गरेको फेला परेपछि केन्द्र कारवाहीमा परेको हो ।
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो ।
बजार अनुगमन समिति कास्कीले पोखरामा बजार अनुमनलाई निरन्तरता दिएको छ । सोमबार समितिले पोखरा–७ मा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई एक लाख जरिबाना तिराएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक गुरुदत्त ढकालले स्टोर्समा म्याद गुज्रेका सामान बिक्री गरेको भेटिएपछि समितिले एक लाख रुपियाँ जरिबाना तोकेको जानकारी दिनुभयो ।
पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा सञ्चालित सहकारीमा बेथिति बढेको छ । सहकारी ठगीका घटना बढेसँगै बचतकर्ता तथा उपभोक्ताहरू चिन्तित बनेका छन् । लुम्बिनी प्रदेश सहकारी बोर्डले एकसाता लगाएर रुपन्देही जिल्लामा सञ्चालित सहकारीको अनुगमन गरेको छ । उक्त अनुगमनको प्रतिवेदन तयार पारेर ठोस् निर्णय गर्ने सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
बाजुरा जिल्लाको सदरमुकाम रहेको बडीमालिका नगरपालिका साविकाका मार्तडी, जुगडा र बुडीगङ्गा गाउँ विकास समिति समेटेर बनाइएको हो । प्रसिद्ध धार्मिकस्थल बडीमालिका माताको नामबाट नामाकरण भएको यो नगरपालिकामा ९ वटा वडा छन् । घरधुरी संख्या दुई हजार ७६५ र जनसंख्या १८ हजार २०७ रहेको छ । यो पालिका बाजुराका अन्य पालिका भन्दा व्यवस्थित र सूचनाको पहुँच पुगेको नगरपालिको हो । सडक, शिक्षा, स्वास्थ्य स्वरोजगारी र सूचना प्रविधि गरेर पाँच ‘स’ लाई प्राथमिकतामा राखेर ‘समृद्ध नगर खुसी नगरबासी’ को नारा साकार पार्ने अभियान सुरु गरिएको छ । नेकपा (एमाले) का युवा नेता एवं सञ्चारकर्मी अमरबहादुर खड्का नगर प्रमुख हुनुहुन्छ । प्रस्तुत छ, नगरप्रमुख खड्कासँग गोरखापत्रका लागि मार्तडी समाचारदाता सङ्गीता तिमिल्सेनाले गरेको कुराकानी–ः
संयुक्त राष्ट्रसङ्घको आह्वानमा भोलि सेप्टेम्बर २७ का दिन विश्व आणविक हतियार उन्मूलन दिवस मनाइँदै छ ।
पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक र प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र विश्वसनीय ढङ्गले पत्रकारिता गर्दै जनताप्रति जिम्मेवार हुन आफूहरू केन्द्रित हुने प्रेस काउन्सिल नेपालसमक्ष दृढतासमेत राखेका छन् ।
अरुपण आर्ट ग्यालरीमा राधाकृष्णको लीला, भगवान् जगन्नाथ, काली, अर्धनारेश्वर, गणेश, विवाह संस्कारको झल्को दिने चित्रकलाको प्रदर्शनी चलिरहेको छ । नन्दी रात्रि स्कुलमा अध्ययनरत १० जना विद्यार्थीका ‘मिथिला प्यासन’ शीर्षकमा प्रदर्शनी गरिएको उक्त चित्र सबै मिथिला शैली र भावमा क्यानभासमा उतारिएका छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रोधकलाको माध्यमबाट मुलुकको पहिचान विश्वमा फैलाउन सफल कलाकार कालु कुमाले (कुम्हा) को योगदान र सक्रियता प्रेरणादायी रहेको बताउनुभएको छ । क्रोधकला शिरोमणि फाउन्डेसनद्वारा मङ्गलबार आयोजित कलाकार कुमालेका जीवनी ‘देउता बनाउने मान्छे’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सन् १९६० यताका ६३ वर्षमा नेपाल चीनबिच राज्य तथा सरकार प्रमुख एवं अन्य उच्च पदस्थका औपचारिक भ्रमणका शृङ्खलाले सम्बन्धका नयाँ दिशा दिइरहेका छन् । यस्ता राजकीय एवं औपचारिक भ्रमणका बेला आपसी हित प्रवर्धन हेतु अनेकौँ क्षेत्रमा सहयोग आदान प्रदानका सम्झौता समझदारी हुँदै आएका छन् । यस्ता सम्झौता समझदारी कार्यान्वयन हुँदाको लाभ सम्भवतः चीनभन्दा नेपालका नागरिकले बढी पाएका छन् । आफ्नै गरिबी, पछौटेपनबाट ग्रसित हुँदा पनि नेपालसँगको सम्बन्धलाई ‘सँगसँगै विकास’ अवधारणाले अगाडि बढाउन अग्रसर भएको बेला नेपालीका आधारभूत