• ६ जेठ २०८१, आइतबार

‘मिथिला प्यासन’ चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, असोज १० गते । अरुपण आर्ट ग्यालरीमा राधाकृष्णको लीला, भगवान् जगन्नाथ, काली, अर्धनारेश्वर, गणेश, विवाह संस्कारको झल्को दिने चित्रकलाको प्रदर्शनी चलिरहेको छ । नन्दी रात्रि स्कुलमा अध्ययनरत १० जना विद्यार्थीका ‘मिथिला प्यासन’ शीर्षकमा प्रदर्शनी गरिएको उक्त चित्र सबै मिथिला शैली र भावमा क्यानभासमा उतारिएका छन् । 

अरुपण आर्ट ग्यालरीका संस्थापक कलाकार प्राज्ञ रमेश खनालको सान्निध्यमा रहेर चित्रकलाका व्याकरण सिकेका कक्षा ५–८ मा अध्ययनरत विद्यार्थीले सिर्जना गर्नुभएका मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक संस्कारयुक्त चित्रकलाले मन्त्रमुग्ध बनाउँछ । कलाकार  खनाल अरुपण (अमूर्त) माध्यममा चित्रकलाको सिर्जना गर्ने कलाकारका रूपमा छुट्टै पहिचान बनाउनुभएको छ । उहाँले करिब १२ वर्षदेखि विभिन्न स्कुलमा पुगेर चित्रकलामा रुचि राख्ने विद्यार्थीलाई छनोट गरी कम्तीमा छ महिना चित्रकलाको निःशुल्क प्रक्षिण दिँदै आउनुभएको छ । प्राज्ञ खनालले भन्नुभयो, “विद्यार्थीको चित्र बनाउने रुचिलाई अरुपण आर्ट ग्यालरीले आवश्यक सामग्रीसहित मञ्च उपलब्ध गराउँदै आएको छ, विद्यार्थीको मेहनत र लगन र रुचिलाई अरुपणले फव्रmने अवसर दिएको हो ।”

चित्रकला प्रदर्शनीमा मेहदीको प्रयोग गरेर पनि कला सिर्जना गरिएका छन् भने मिथिला कला संस्कारमा अनिवार्य मानिएका माछा, मयूर, रुख बिरुवालगायत देवदेवीका चित्रमा सम्बन्धित वाहनसमेत बनाएर विद्यार्थीले सन्देशमूलक र भावले ओतप्रोत भएका चित्रहरू निकै उत्कृष्ट चित्र कोरेका छन् । असोज २० गतेसम्म प्रदर्शनीमा राखिएका केही चित्रहरू बिक्रीसमेत भएका छन् ।