• २३ मंसिर २०८०, शनिबार
blog

पहराको छाती मेरो स्पातको छाती

बज्रहरू सहिदिन्छु, हाँसी हाँसी साथी ।


आफ्नै घरको आँगनीमा पराइको नाच सहन्न

सहेँ भने आफ्नै घरमा भोलि मेरो बास रहन्न

वैरीसामु झुक्नुभन्दा मर्नै बरु जाती

बज्रहरू सहिदिन्छु, हाँसी–हाँसी साथी ।।


वीरहरूको देश मेरो, सबै नेपालीको देश

देशभक्त वीर, विरङ्गना नेपालीको देश

सहन्न म गिद्धेनजर मेरो माटोमाथि

बज्रहरू सहिदिन्छु, हाँसी हाँसी साथी ।।