अब नेपालमा एक सय भारतीय रुपियाँभन्दा ठुला दरका नोट साथमा राख्न नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपियाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न प्रतिबन्धित रहेको मङ्गलबार एक सूचनामार्फत जानकारी गराएको छ ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० का वडा अध्यक्ष छविरमण धमलालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिममा सामुदायिक वन फडानी गरेको आरोपमा एक वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन् ।
अज्ञात ब्यक्तिको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी नजराज सापकोटाले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएपछि जनताको पक्षमा काम हुन नसकेको बताउनुभएको छ । मुलुकको नाजुक अवस्थामा रहेको अर्थतन्त्रलाई उकास्न सरकारले ठोस कदम चाल्नुपर्ने उहाँको सुझाव छ ।
पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार ओभर करेक्शन हुँदा शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिम भार कायम राख्नु ठिक नभएको बताउनुभएको छ । मंगलवार काठमाडौंमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौं उपत्यकाको विभिन्न सातभन्दा बढी स्थानमा सुन किन्ने बहानामा चोरी गरी फरार रहेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नदी कटान नियन्त्रणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले नाम्खा गाउँपालिका –५ मुचु गाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ ।
नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्युठान आउनुहुने भएको छ । नौवहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न अध्यक्ष ओली प्युठान आउन लाग्नुभएको हो ।
ताप्लेजुङस्थित भूपू बेलायती आर्मी स्वर्गीय रणबहादुर लिङ्खिम स्मृति प्रतिष्ठानले एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवाको अवस्था सामान्य बनेको छ । मङ्गलबार बजारका अधिकांश पसल खुलेका छन् । यातायात सुचारु भएपछि मानिसको आउजाउ बाक्लिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको नजिकै रहेका बाँकेको राप्तीसोनारी गाउँपालिकाका केही बस्तीमा केही दिनदेखि पाटेबाघले आतङ्क मच्चाएको छ ।