शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ ।
माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको दमकमा धेरै चलेको दमकको अम्बिका माछा फ्राइमा दमक नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेर ६ टन अस्वस्थ माछा बरामद गरेको छ ।
दुर्घटनामा परी दाङको तुलसिपुर १८ बस्ने वर्ष २६ का जीप चालक भक्त बहादुर घर्ती र सोही ठाउँ निवासी गाडी धनी वर्ष ५० का गणेश बुढाको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको अस्थायी आवास गृह (घर) पहिरो पीडितलाई हस्तान्तरण गरिएको छ । मैवाखोलाका पहिरो पीडितका लागि निर्माण गरिएको अस्थायी एकीकृत आवास घर पीडित परिवारलाई सोमबार हस्तान्तरण गरिएको हो ।
चाड पर्व सुरु भएसँगै चोरीका घटना बढ्न थालेका छन् । प्रहरीका अनुसार केही दिन यतादेखि काठमाडौं, भक्तपुरलगायतका क्षेत्रमा चोरीका घटना बढेका उजुरी पर्न थालेका छन् ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउनेगरी जनमत आवश्यक भएको बताउनुभएको छ ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ । आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमबार ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन गर्नुभएको छ ।
। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ ।
दरौंदी नदीले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैसी चराएर घरतर्फ लाँदैगर्दा दरौदी नदी तर्नेक्रममा उहाँको ज्यान गएको हो ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा विस्तार गरिएको छ । बिरामीको चाप बढेपछि सहजताका लागि सेवा थप गरिएको अस्पतालले जनाएको छ ।
थारु समुदायका महिला माछा मार्न व्यस्त भएका छन् । आज बिहान पानी परेर खेत, खोलामा पानी बढेपछि माछा मार्नमा उनीहरुको व्यस्तता बढेको हो ।
वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ अधेरी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे निर्माणसँगै एक घण्टा लाग्ने ठाउँमा अब पाँच मिनेटमा छोटिएको छ ।
गुल्मीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रेसुंगा नगरपालिका –३, भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणधीन घरमाथिबाट पहिरो खस्दा प्युठान जिल्ला गौमुखी गाउँपालिका –३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।