• २४ वैशाख २०८१, सोमबार

नेप्से परिसूचक ५.८९ अङ्कले गिरावट

blog

काठमाडौं, असोज ८ गते । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले गिरावट आएको छ । आइतबार १९.४२ अङ्क गिरावट आएको नेप्से परिसूचक सोमबार  ५.८९ अङ्कले घटेर २००४.४५ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९४ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.४२ अङ्कर सेन्सेटिभ इण्डेक्स ०.७३ अङ्कले घटेको छ ।

सोमबार कारोबारमा आएका २८४ कम्पनीको ६५ लाख १६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपियाँ बराबरको खरिदबिक्री भएको छ । आइतवारको तुलनामा सोमबार कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार दुई अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूहको परिसूचक बढेको छ । जसमा जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । त्यस्तै, लगानी उपसमूहको परिसूचक ०.९५ प्रतिशत घट्दा बाँकी अन्य उपसमूहरुको परिसूचक ०.९५ प्रतिशत भन्दा कमले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा माई खोला हाइड्रोपावर, एशियन हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । तर यता शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सोमवार सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ६८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।