गुणबहादुर रोका
सुलीकोट, असोज ८ गते । दरौंदी नदीले बगाएर गोरखामा एक जनाको मृत्यु भएको छ । आइतरबार साँझ करिब ५ बजेको समयमा भैँसी चराएर घरतर्फ लाँदैगर्दा दरौंदी नदी तर्नेक्रममा उहाँको ज्यान गएको हो ।
सिरानचोक गाउँपालिका –५ जरेबरका ४२ वर्षीय हरिबहादुर सुनार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दरौदी नदीले बगाएको खबर पाउने बित्तिकै खोजतलासको क्रममा सोमबार बिहान ८ बजेतिर गोरखा नगरपालिका –१२ को खत्रीबेंसीस्थित दरौंदी नदीको बीचभागमा रहेको बगरमा उहाँको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिनुभयो ।
‘बेपत्ता भएका खबर थाहा पाएलगत्तै उहाँको आफन्त, स्थानीय र प्रहरी मिलेर खोजी गरेको थियौं’ प्रहरी निरीक्षक खड्काले भन्नुभयो, “आफन्तहरुले आज बिहान नदीको बीचभागमा रहेको बगरमा उहाँको शव भेट्नुभएको छ ।’
शब भेटिएपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।