• २७ वैशाख २०८२, शनिबार

एमाले बागमती प्रदेशको अधिवेशन सुरु, बन्दसत्र भोलिदेखि (फोटो फिचरसहित)

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बागमती प्रदेश अधिवेशनको उदघाटन गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, असोज ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्नुभएको छ । 

प्रदर्शनीमार्गमा सुरु भएको कार्यक्रमको उद्घाटन अध्यक्ष ओलीले ड्रोनमा पार्टीको झण्डा उडाएर गर्नुभएको एमाले बागमतीले जनाएको छ । प्रविधिको बढीभन्दा बढी सदुपयोग गर्दैआएको एमालेले यस अधिवेशनको उद्घाटनमा पनि अधिकतम प्रविधिको प्रयोग गरेको छ । 

बागमती प्रदेशको उदघाटन भृकुटीमण्डपमा भए पनि बन्दसत्र भोलिदेखि प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने एमाले बागमतीले जनाएको छ । बागमती प्रदेशको १३ जिल्लाबाट अधिवेशनका लागि ११ सय ३८ प्रतिनिधि छनाेट भएको एमालेको भनाइ छ । 

अधिवेशनमा सर्वसहमतिको प्रयास गरिने एमालेको भनाइ रहे पनि सहमति बन्न नसके निर्वाचन हुने बताइएको छ । अध्यक्षका लागि पाँच जना आकांक्षी रहेको एमाले नेता सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँ आफू पनि अध्यक्षको दावेदार रहेको जानकारी दिनुभयो । बन्दसत्रले नयाँ कार्य समिति चयन गर्नेछ ।