उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ को माटेसाँगु गाउँमा ज्वरोको बिरामी बढ्दै गएका छन् । भदौको १५ गतेदेखि गाउँमा ज्वरोका बिरामी देखा पर्न थालेका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । आज केही मन्त्रीहरु थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने उहाँको तयारी छ ।
नाम्खा गाउँपालिका– २ को च्याछरा झरनामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बृद्धि भएको छ । जिल्लाकै लामो झरना भएको र आउजाउ गर्न समेत सहज भएको कारण उक्त झरना घुम्न जाने पर्यटक सङ्ख्यामा बृद्धि भएको हो ।
क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ ।
जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रममा बृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
घोराहीमा मासु पसललाई व्यवस्थितसँगै एकद्वार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेको छ ।
सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गलकोट नगरपालिका–५ को उच्च पहाडको शिरमा छ टेउवा । यहाँ पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा मानवनिर्मित संरचना र विभिन्न किसिमका मूर्तिले गलकोटको नयाँ पहिचान बनाउन थालेको छ ।
वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल वम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताउनुभएको छ ।
पर्वतको कुश्मा नगरपालिकास्थित ठूलीपोखरीमा आयोजना भएको स्वास्थ्य शिविरको खर्च भुक्तानी हुन नसकेपछि विवाद भएको छ ।
बङ्गलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेंगुको सङ्क्रमण देखिएकोमा नौ भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।
राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरमादेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् ।
रामपुर नगरपालिकाले टोलमै आएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । नगरपालिकाले हरेक नागरिकको सहजताका लागि टोल र वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको हो ।