सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ ।
खाना पेट भर्न र स्वादका लागि मात्र हो कि शरीर हृष्टपुष्ट राख्नका लागि पनि हो ? यस प्रश्नको जवाफ सबैले पक्कै पनि हृष्टपुष्ट हुनका लागि भन्ने दिने छन् तर हामीले पौष्टिक ठानेर खाइरहेको खाना त्यसलाई तयार पार्ने तरिकाले गर्दा कत्तिको पोसिलो छ होला, हामीले कहिले सोचेका छौँ ? कतिपय व्यक्ति पर्याप्त पोषण प्राप्त गर्न खाद्यवस्तु काँचै खान्छन् । धेरै पकाएको खानामा पोषण कम हुने मानेर हल्का पकाएको वा उसिनेको खाना खाने मानिस पनि हुन्छन् । तर कुन वस्तु पकाएर खाएमा वा काँचै खाएमा पोसिलो हुने हो अथवा कति तापमा पकाएर खानु पर्ने हो भन्ने सही ज्ञान सबैलाई छैन । प्रायः मानिसले स्वाद र भोक
धेरै मानिसलाई थाहा नहुन सक्छ किराको पनि बर्गर बन्छ भनेर । अझ किराको बर्गर बन्छ र मानिसले अरू खाद्य पदार्थबाट बनेका बर्गरभन्दा किराबाट बनेको बर्गर झनै स्वाद मानेर खान्छन् । कतिपय मानिसलाई यस्तो कुरो सुन्नेबित्तिकै बान्ता पनि हुन खोज्दो हो तर यो कुरो साँचो हो । युरोपको स्विट्जरल्यान्डमा स्थापित र सो देशका विभिन्न सहरमा चेन मार्केट (एकभन्दा बढी साझेदारसँग मिलेर सहकार्यमा चलाइने व्यवसाय) ‘कोप’ ले ठूला सुपर मार्केटमा शाकाहारी बर्गरका साथै मासुको पनि बर्गर बेच्छ । साथै सो कम्पनीले किरा प्रयोग गरिएको बर्गर बिक्री गर्न थालेको छ । स्विट्जरल्यान्डका जेनेभा
नेपालले पहिलो पटक एसिया कप क्रिकेटमा सहभागिता जनाएर प्रशंसा र सहानुभूति पाएको छ । अत्यन्त कम लगानी र अनिश्चित भविष्यमा बाँचिरहेको नेपाली क्रिकेटले विश्व क्रिकेटका हस्ती भारत र पाकिस्तानविरुद्ध जुन खालको प्रदर्शन गर्यो त्यसमा सहानुभूतिपूर्ण प्रशंसा व्यक्त गरिएको छ, विश्व क्रिकेटका पण्डितहरूबाट । नेपालले समूह चरणमै विश्वका अब्बल टिम
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुग्नु भएको छ ।
वस्मृतिका अनन्त टुक्राटाक्रीहरू मानौँ मेरा झुत्रा लुगाहरू
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दो खेलमा नेपालकी अञ्जली तामाङले मिश्रित प्रदर्शन गर्नुभएको छ ।
पित्तथैली र पित्तवाहिनी नलीमा सिर्जना हुने कोलेस्टेरोल र क्याल्सियमको क्रिस्टल स्वरूप नै पित्तथैलीको पत्थरी हो । पित्तथैलीको पत्थरी आकारमा फरक हुन सक्छ । बालुवाको कणदेखि गल्फको बल जत्रो आकारमा पत्थरी बन्न सक्ने देखिएको छ । कलेजोले शरीरमा प्रवेश पाएको र उत्पन्न विष राम्ररी विघटन गर्न नसकेको सङ्केतका रूपमा पित्तथैलीको पत्थरीलाई बुझ्न सकिन्छ । यसैले यस समस्यालाई पत्थरीको तहमा मात्र सीमित राखेर हेर्नु उचित हुँदैन । कलेजोको कार्यकुशलतामा असर परेर शरीरमा दुष्प्रभाव पर्ने खतरालाई पनि साथसाथै हेर्नु पर्छ ।
इस्वी संवत्को १९६० को दशक आसपास काठमाडौँका ठाउँ विशेष गरी नयाँ सडक, इन्द्रचोक, झोँछे तथा वसन्तपुर आदिमा अनौठा स्वभावका मान्छे एकाएक देखा पर्न थाले । जिङ्रिङ्ग कपाल पालेका, खुकुला लुगा र बेलिबटम पाइन्ट लगाएका ती मान्छे समूहमा हिँड्थे । अन्य विदेशी पर्यटक जस्तो उनीहरू पैसा खर्च गर्दैनथे अर्थात् किफायती थिए । तिनको स्वभाव निकै अनौठो थियो । दिनभरि झोँछेलगायतका ठाउँमा खुलमखुला रूपमा बेचिने गरेको गाँजा र चरेस खाएर तिनीहरू लट्ठ परेका हुन्थे । बौद्ध र स्वयम्भूमा हुलका हुल घुम्न जान्थे । त्यता जाने क्रममा कतै ढुङ्गेधारा देखिएमा तिनीहरू निर्वस्त्र भएर नाङ्गै नुहाउँथे । यो देखेर नेपाल प्रहरीलाई उनीहरूलाई नियन्त्रणमा लिन निकै गाह्रो पथ्र्याे । यस्ता अनौठा स्वभाव भएका ती मान्छेको समूहलाई हिप्पी भनिन्थ्यो ।
उसले घडीमा आँखा लगायो सैँतिस मिनेटमा ल्यान्ड गरेछ विमान । “अरूभन्दा छिटो पु-याउँछ यो विमानले,” उसले मनमनै भन्यो । नभन्दै भद्रपुरबाट उडेको सैँतिस मिनेटमा काठमाडौँमा उत्रिएको थियो विमान ।
चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ ।
बिपी राजमार्ग र मदन भण्डारी राजमार्गको सङ्गमस्थल सिन्धुलीको भिमानमा सुविधासम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा कमलामाई नगरपालिका–९, भिमानमा बसपार्क निर्माण भएपछि अव्यव
प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयले निश्चित मापदण्ड तोकेर क्याम्पसको गुणस्तर वृद्धि गर्न ताकिता गर्न थालेपछि गुणस्तर सुनिश्चिताको दौडमा क्याम्पस व्यवस्थापन लागेका छन्। प्राध्यापक, शिक्षक अतिरिक्त समयको व्यवस्थापन गरेर आफ्नै क्याम्पस सुधारमा लागिपरेका छन्। त्रिभुवन विश्व विद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसले पनि गुणस्तर सुधारलाई अभियानकै रूपमा निरन्तर लागिपरेका छन् । उच्च शिक्षको गुणस्तर र मापन र सहयोग गर्ने निकाय विश्व विद्यालय अनुदान आयोगको परामर्श, निर्देशन र सहयोगमा क्याम्पस गुणस्तर सुधारमा लागेका हुन् । गुणस्तर सुनिश्चितता प्रत्यायनलाई (क्युएए) प्राप्तिका लागि परेको क्याम्पसको भनाइ छ ।
नवलपरासीपूर्वमा विभिन्न जातजातिका नाममा साम्प्रदायिक झैझगडाका कारण विभिन्न घटना हुन नदिन यहाँका राजनीतिक दल र धार्मिक सङ्घ सङ्गठनले अपिल गरेका छन्। पछिल्लो समय धरानमा धर्म र जातका नाममा भएको घटना अन्य जिल्लामासमेत फैलन सक्ने भन्दै हल्लाका पछि नलागि सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको हो। साम्प्रदायिक घटनाले समाजलाई फाइदा नहुने बताइएको छ।