काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ मा रहेको हिले जलजले सामुदायिक वन ‘ख’ मा ताल निर्माण हुने भएको छ । उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा यो तालको निर्माण गर्न लागेको हो ।
नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो ।
चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर ली फिईले नेपालमा चिनियाँ लगानी विस्तार, पर्यटन प्रवर्धन र द्विदेशीय व्यापार सहजताका लागि आपसी सहकार्य विस्तारमा चीन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टे«ड (सिसिपिआइटी) ले संयुक्त रूपमा चीनमा आयोजना गरेको नेपाल–चीन बिजनेस समिटमा उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको वताउनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न बैङ्कसँग सम्झौता गरेर बिनाधितो किसानलाई ऋण उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय वाणिज्य बैङ्क लहान शाखाको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पाँच कट्ठादेखि पाँच बिघा जमिन भएका किसानलाई कृषि उत्पादकत्व बढाउन आवश्यकता अनुसार ऋण दिन राष्ट्रिय वाणिज्य बैङ्कले नीति ल्याउनुपर्ने सुझाव
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रका खाली भित्तामा कर्णालीका संस्कृति र सम्पदाका चित्र बनाउन थालिएको छ । नेपाल कमर्सियल आर्टिस्ट सङ्घमा आबद्ध सुर्खेतका कलाकारले । ‘संस्कृति र सम्पदाको सहर, हाम्रो वीरेन्द्रनगर’ नारासहित यो अभियान थालेका हुन् ।
बेलका नगरपालिका–६, लामीडाँडा गाउँका पूर्णबहादुर राईले स्थानीय सिसुवा बजारमा लामो समयदेखि केरा बिक्री गर्दै आउनुभएको छ । आफ्नो भिरालो बारीमा उत्पादन गरेको केराको घरी नै काटेर बजारमा ल्याएर बिक्री गर्दा राम्रै मुनाफा हुने गरेको उहाँ बताउनुहुन्छ ।
रुकुमपश्चिममा उत्पादित कागतीले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–१ मा मात्रै करिब ४० क्विन्टल कागती उत्पादन हुने गरेको छ । त्रिवेणी गाउँपालिका–१, रुघाका किसान पदमबहादुर मल्लको छ सय बोट कागती छन् । बिक्रीका लागि आठ क्विन्टल टिपिए पनि उचित मूल्य र बजार नपाउँदा घरमै थन्काएर राखिएको छ ।
काठमाडौँको चन्द्रागिरि नगरपालिकाले इँट्टाभट्टा, होटल, यात्रायात क्षेत्र तथा कृषि कर्ममा प्रयोग भएका तथा घरेलु कामदारका रुपमा राखिएका बालश्रमिकको खोजी गरी पुनःस्थापनका कामलाई तीव्र पारेको छ ।
काठमाडौँ महानगरपालिकाले आह्वान गरेको श्रम बैङ्कमा चार सय जना सिपयुक्त बेरोजगारको आवेदन परेको छ । महानगरपालिकाले सिप भएर पनि बेरोजगार भएका जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन गत भदौ पहिलो सातादेखि गरेको माग अनुसार सो सङ्ख्याको आवेदन परेको हो । आवेदन दिनेमा स्नातकोत्तर अध्ययन पूरा गरेकादेखि विभिन्न सिप तालिम लिएकासम्म रहेका छन् ।
जिल्लाको पचालझरना गाउँपालिका–७ र ८ को सिमाना पर्ने बयाल झरना ओझेलमा परेको छ। झरना हेर्न छिमेकी ठाउँबाट आउने गरेका छन्। तथापि यसको उचित प्रचारप्रसार हुन सकेको छैन। स्थानीय कृष्णबहादुर बमले झरनाका बारेमा पर्याप्त प्रचार हुन नसकेको बताउनुभयो।
यस जिल्लामा सबैभन्दा बढी फल्ने अन्नका रूपमा रहेको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ। बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) फलाउन शुद्ध गोठेमल प्रयोग गरिन्छ। जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ/टौवा) बनाएर राख्न थालेका छन्। मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुकाइन्छ। जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुर्चौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई अहिले मकै भित्र्याउन भ्याइनभ्याइ छ । मकै भाँचेर लुटो (चाङ) मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ ।
‘जसको कोही हुँदैन, त्यसको लागि ईश्वर हुन्छन्।’ यो भनाइ ११ महिने शिशु (बालिका) को जीवनमा लागु भएको छ। ती बालिका शुक्रबार बिहान कञ्चनपुर बेलौरी नगरपालिका–७ स्थित स्याली नदीनजिक उखुबारीमा बाँधिएको अवस्थामा भेटिएकी थिइन्। निर्दयी आमा २५ वर्षीया शर्मिला चौधरी ती बालिकालाई राति ७/८ बजेतिर उखुबारीमा बाँधेर भागेकी थिइन्। स्थानीयले बिहान उखुबारीमा बालिका रोइरहेको सुनेपछि प्रहरीलाई खबर गरी उद्धार गरेका हुन्।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन ।
आख्यानकार विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ को विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो । एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान ‘गोपीचा’ मा समेट्ने प्रयास गरिएको छ ।