• २३ मंसिर २०८०, शनिबार

किसानलाई बिनाधितो ऋण : मुख्यमन्त्री

blog

लहान समाचारदाता

लहान, असोज ८ गते ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विभिन्न बैङ्कसँग सम्झौता गरेर बिनाधितो किसानलाई ऋण उपलब्ध गराइने बताउनुभएको छ ।  राष्ट्रिय वाणिज्य बैङ्क लहान शाखाको नवनिर्मित भवन आइतबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पाँच कट्ठादेखि पाँच बिघा जमिन भएका किसानलाई कृषि उत्पादकत्व बढाउन आवश्यकता अनुसार ऋण दिन राष्ट्रिय वाणिज्य बैङ्कले नीति ल्याउनुपर्ने सुझाव दिँदै मुख्यमन्त्री यादवले किसानलाई सहज तरिकाबाट ऋण उपलब्ध नहुँदा मिटरब्याजीको दैलोमा जानुपर्ने बाध्यता रहेको बताउनुभयो । 

आफू सार्वजनिक कार्यक्रममा थोरै जाने र मुख्यमन्त्री कार्यालयमै समय दिएर जनताको सेवा गर्ने भूमिकामा रहेको प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “२०४८ सालदेखि नै राष्ट्रिय वाणिज्य बैङ्कको ग्राहक हुँ । यस उद्घाटन कार्यव्रmममा समय दिएर किसानलाई ऋण उपलब्ध गराउन, प्रदेश सरकारसँग सम्झौता गर्न, बैङ्कहरूले वातावरण बनाउनुपर्ने सन्देश दिन लहान आएको हुँ ।” बाली लगाएर घर नभिœयाएसम्मको अवधिमा लाग्ने ब्याज प्रदेश सरकारले नै तिर्ने गरी सम्झौता गर्ने उहाँले प्रस्ट्याउनुभयो ।

लहानस्थित प्रादेशिक अस्पताललाई सय श-यामा स्तरोन्नति गर्न अस्पताल क्षेत्रभित्र रहेको एक बिघा १५ कट्ठठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन गर्न दाता परिवारद्वय मुरारका र शारडा तयार भइसककाले प्रदेश सरकारसँग विश्वसनीय सम्झौता हुन लागेको उहाँले बताउनुभयो । मुख्यमन्त्री यादवले थप्नुभयो, “प्रादेशिक अस्पताल लहानको नामकरण रामकुमार शारडा उमाप्रसाद मुरारका राखेर दाताद्वयको माग पूरा गर्न बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकबाट पारित गरिने छ ।”

मधेश आन्दोलनको पे्ररणादायी भूमि रहेको लहानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले मधेश सरकारले बजेट बिचौलियाको हातमा जान नदिने र किसानले पाउने सूविधा पनि प्रत्यक्ष रूपमा किसानलाई नै उपलब्ध गराउने बताउनुभयो । उद्घाटन कार्यव्रmममा सिरहा–१ का सङ्घीय सांसद रामशङ्कर यादवले लहानमा प्रादेशिक अस्पतालको स्तरोन्नति गरी मेडिकल कलेज स्थापनासम्मको कार्यमा प्रदेश सरकारले पहल लिनुपर्ने धारणा राख्नुभयो । प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीले राष्ट्रिय वाणिज्य बैङ्कले छिटोछरितो सेवा प्रवाह गर्नुका साथै शैक्षिक ऋण उपलब्ध गराउन ध्यानाकर्षण गराउनुभयो । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखाको नवनिर्मित भवन सात करोड ४८ लाख रुपियाँ लागतमा बनेको र यहाँ छिटोछरितो सेवा दिन ३४ वर्ष उमेरका कर्मचारी भर्ना गरिएको जानकारी दिनुभयो । बिनाधितो किसानलाई ऋण दिन प्रदेश सरकारले पहल गरे राष्ट्रिय वाणिज्य बैङ्क तयार रहेको उहाँले बताउनुभयो ।