• ६ जेठ २०८१, आइतबार

‘गोपीचा’ विमोचित

blog

काठमाडौँ, असोज ८ गते । आख्यानकार विश्व कुइँकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास ‘गोपीचा’ को विमोचन गरिएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोस्रो साहित्यिक कृति हो । एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयवस्तु आख्यान ‘गोपीचा’ मा समेट्ने प्रयास गरिएको छ । 

प्रमुख अतिथि एवं वरिष्ठ आख्यानकार नारायण ढकालले काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातीय विरोधलाई आमपाठकसमक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दक्खल हो, जातीय विभेदको चरम असमानतामाथि विद्रोह गरेको पात्रमार्फत ऐतिहासिक विषयवस्तुमा सामाजिक चित्रण गरेको उपन्यास आफैँमा एक महत्वपूर्ण कृति बनेको बताउनुभयो ।

समीक्षक राजकुमार बानियाँ, कुमारी लामा र लेखक शङ्कर तिवारीले समेत ‘गोपीचा’ आख्यानमाथि खुलेर प्रशंसा गर्नुभएको थियो । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।