• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शन गर्नुहुँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शन गर्न त्यस क्षेत्रमा । तस्बिर: लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज ८ गते । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम आइपुग्नुभएको छ । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकोले सोही कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार बिहान जनकपुरधाम आउनुभएको हो । 

राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गरिने कार्यक्रम छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।