• ११ मंसिर २०८१, मङ्गलबार

प्रधानमन्त्री चीन भ्रमणः आज द्विपक्षीय वार्ता हुँदै

blog

चिनिया जनकङ्ग्रेसका अध्यक्ष झाओ लेचि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता । तस्बिर: गोरखापत्र 

बेइजिङ, असोज  ८ गते । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो । 

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आईपुग्नुभएको छ । प्रधानमन्त्री दाहाललाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ । 

नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीचम विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गर्नुभएको छ ।