• १ जेठ २०८२, बिहिबार

खोज पत्रकारिता तालिम सम्पन्न

blog

दोलखा समाचारदाता

दोलखा, असोज ८ गते । दोलखाको सदरमुकाम चरीकोटमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) दोलखा शाखाले आयोजना गरेको चारदिने खोज पत्रकारिता तथा मल्टिमिडिया तालिम सम्पन्न भएको छ ।

मेलुङ गाउँपालिकाको आर्थिक सहयोग तथा आदिवासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेश, दोलखा मिडिया प्रालि र तामाङ पत्रकार सङ्घ दोलखा शाखाको सहयोगमा दोलखाका पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पछिल्लो समय पत्रकारिताको नाममा कपी पेस्ट शैलीको विकास भएकाले अबको पत्रकारिता हरेक विषयमा खोलमूलक हुनुपर्ने धारणा राख्नुभयो । 

तालिममा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका सङ्घीय उपाध्यक्ष अमरध्वज लामा, कान्तिपुरका उपसम्पादक केदार शिवाकोटी र आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन ओलीले प्रशिक्षण दिनुभएको तालिम संयोजक लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

तालिममा २२ जना प्रशिक्षार्थी सहभागी रहेका थिए । कार्यव्रmम फोनिज दोलखाका अध्यक्ष अर्जुन पाख्रिनको सभाध्यक्षतामा भएको थियो ।