• २१ वैशाख २०८१, शुक्रबार

गोरखामा चाइनिज सालक र हुचिलको उद्धार

blog

उद्धार गरिएको चाइनिज शालक । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका

सुलीकोट, असोज ७ गते । गोरखामा चाइनिज सालक र हुचिलको उद्धार गरिएको छ । गण्डकी गाउँपालिका –८ मा रहेको दुई वन्यजन्तु उद्धार गरिएको डिभिजन बन कार्यालय गोरखाले जनाएको छ । 

गत भदौ ३० गते सालक जङ्गलबाट बस्ती पसेपछि स्थानीयले कार्यालयलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा सबडिभिजन वन कार्यालय सिउरेनीटारको प्राविधिक टोलीले सालकको उद्धार गरेको छ ।

उद्धार पश्चात् उक्त सालकलाई उपयुक्त वासस्थानमा छोडिएको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा चाइनिज र इन्डियन गरी दुई प्रकारका सालक पाइन्छन् । उद्धार गरिएको सालक चाइनिज प्रजातिको रहेको उहाँले जानकारी दिनुभयो । 

‘गोरखाको वनक्षेत्र सालकका लागि उपयुक्त वासस्थान मानिन्छ, उहाँले भन्नुभयो, ‘यहाँ धेरै सालक भेटिने गर्छन् ।’ हालसम्म गोरखामा भेटिएका सबै सालक चाइनिज प्रजातिका रहेको उहाँको भनाइ छ । उहाँका अनुसार ‘आयुसियान रेडलिष्ट’ मा सालकलाई अति शंकाटन्न बज्यजन्तुभित्र राखिएको छ । नेपालको ऐनले संरक्षित स्थानधारी बन्यजन्तको रूपमा राखेको छ । 

त्यस्तै, गत बिहीबार कार्यालयले हुंचिलको पनि उद्धार गरेको छ । ‘घरभित्र बसेको हुचिललाई सबडिभिजन वन कार्यालय सिउरेनीटारको टोलीले उद्धार गरेको हो । ‘स्थानीयको घरमा पसेपछि हामीलाई खबर भयो’ कार्यालयका सूचना अधिकारी पौडेलले भन्नुभयो, ‘हाम्रो टोली गएर उद्धार गरेर ल्यायो ।’ 

घाइते अवस्थामा भएकाले सिउरेनीटारको कार्यालयमा सुरक्षितसाथ राखेर उपचार भइरहेको उहाँले बताउनुभयो । अबको केही दिनपश्चात् उचित वासस्थानमा लगेर छाडिने उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार हुचिललाई पाल्न र किनबेच गर्न प्रतिबन्ध लगाइएको छ । खेतीबाली नष्ट गर्ने मुसा यसको मुख्य आहार भएकाले यसलाई किसानको साथीको रूपमा लिनेगरेको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।