• २८ मंसिर २०८१, शुक्रबार

कोशी सरकारका लागि अन्तरपार्टी छलफल जारी छ : मन्त्री कार्की

blog

कार्यक्रममा सहभागी हुनुभएका मन्त्री कार्कीसहित अन्य अतिथि ।

विष्णुप्रसाद पोखरेल

दमक, असोज ७ गते । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्कीले कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि नेपाली काँग्रेस, माओवादी केन्द्रसहित दलबीच अन्तरपार्टी छलफल चलिरहेको बताउनुभएको छ । 

झापाको भद्रपुरमा एक सहकारी संस्थाको साधारणसभामा बोल्दै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले मिलिजुली सरकार चलाउन नेकपा (एमाले) तयार रहेको जनाउँदै यसका लागि राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउनुभयो । जनताको अभिमतको रक्षा र स्थायी सरकार गठनका लागि हामी सधैं तत्पर छौं, उहाँले भन्नुभयो ।

अस्थिरता र सुशासनको अभावका कारण जनतामा चरम निराशा पैदा भएको बताउँदै उहाँले यसलाई चिर्न राजनीतिक दलबीच सहमति आवश्यक रहेको बताउनुभयो । पहिचानको नाममा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उहाँले ४ वर्षपछि कोशी प्रदेश दुई तिहाई मत ल्याएर नाम परिवर्तन गर्न सकिने बताउनुभयो ।