सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । आइतबार उहाँले आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनुभएको हो ।
आयोडिनयुक्त नुन उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।
जुम्लामा मष्टो परम्पराको धार्मिक मेला सुरु भएको छ । ऐतिहासिक धार्मिक महत्त्व राख्ने यी मेला सुरु भएपछि अहिले यस क्षेत्रमा भिडभाड बढेको छ । जानकारहरूका अनुसार जनैपूर्णिमाका दिनबाट कर्णालीमा सुरु हुने मेला सुरु भएपछि गाउँमा चहलपहल बढेको हो ।
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ ।
बालबालिकाहरु ध्यान दिएर काम गर्दैछन् । कोही कागज काट्दैछन्, कोही रङ भर्दैछन् । कोहीले तार जोड्दै छन्, कोहीे चिप्स जोड्नमा व्यस्त छन् ।
उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै गएको छ । वरपरका पाखापखेरामा छाएको हरियाली हेर्न लायक छ । प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक(सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन् ।
कोशी प्रदेशमा बलियो उपस्थिति जनाउँदै आएको नेकपा (एमाले) प्रदेश अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।
नेकपा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तर्गत बाँकेमा विभिन्न संगठनात्मक कार्यक्रम गरिनुका साथै माओवादीले विभिन्न सामाजिक कार्यहरु पनि सँगसँगै सञ्चालनमा ल्याएको छ ।
स्वर्गद्वारी नगरपालिका –८ बर्जिवाङस्थित दहचौरमा वरपीपलको बगैँचा बनाइएको छ । शान्ति पार्कको रुपमा निर्माण गर्न लागिएको उक्त स्थानमा स्थानीय वरपीपलका विरुवा लगाइएका छन् । वरपीपलको संरक्षण सँगै बगैचा बनाउन स्थानीयले प्रयास थालेका हुन् ।
उपभोक्ता अधिकारकर्मी देवकुमार महतोले स्थानीय सरकारको क्षेत्राधिकारमा आइसकेपछि मासु बजार व्यवस्थापनको काम प्रभावकारीरुपमा अगाडि बढ्ने अपेक्षा गर्नुभएको थियो ।
पश्चिम तराईका रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु जिल्लाका थारु समुदायले मनाउने ‘बडकी अतवारी’ पर्व आज धुमधामका साथ मनाउँदै छन् ।
नवोदित कथाकार दिला शाहद्वारा लिखित कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’लाई ‘सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार विहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो ।
दशैँ तिहारका लागि लक्षित गरी अग्रिम टिकट खुलाउनेबारे अझै टुङ्गो लागेको छैन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अग्रिम टिकट खुलाउन अघि अस्तव्यस्त सडकको समस्या समाधान नभएकाले टुंगो लगाउन नसकिएको बताउनुभयो ।