मनाङको प्रवेशद्वार ताल गाउँ । ताल गाउँमाथि डाँडामा मनै लोभ्याउने झरना । मर्स्याङ्दी नदीको किनारैमा रहेको गाउँलाई दुई झरनाको बिचबाट कलकल झरेको पानीले अझै सुन्दरता थपिएको छ । जिल्ला प्रवेश गर्नासाथ एकसाथ झुरुप्प बनेर बसेको ताल गाउँ र झरनाले स्वागत गर्छ । ताल गाउँको सुन्दरताको रूपमा रहेको दुई झरनाले जिल्ला प्रवेश गर्नासाथ स्वागत गरेको आभास हुन्छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आज (आइतबार) देखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उहाँले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गर्नुभयो । तर यसपटक भने उहाँको स्याउ बगान रित्तै छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित अध्यक्ष र पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट पत्रकार निर्मला शर्मालाई सम्मानित गर्नुभएको छ ।
ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताउनुभएको छ।
काभ्रे सेवा समाजले विश्व शान्ति दिवसको अवसर पारेर शनिबार पानौतीदेखि नमोबुद्धसम्म शान्ति पदयात्रा आयोजना गरेको छ ।
गोरखापत्र संस्थानमा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार शेखर चौलागाई सम्मानित हुनु भएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले थारु समुदायको संस्कृति संस्कार जोगाउनु प्रदेश सरकारको दायित्व भएको बताउनुभएको छ ।
शनिबार भएको क्यानको निर्वाचनमा सचिव पदका लागि ८५ मत खसेकोमा खड्का ४८ मत ल्याएर विजयी हुनुभएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दुर्गम ठाउँमा थप सेवा सुविधासहित जनशक्ति पठाउने तयारी भएको बताउनुभएको छ ।
बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी अझै फेला पर्न सकेका छैन।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करीलाई पत्ता लगाउन नसक्दा आफै संलग्न रहेको होकि भन्ने आशंका उत्पन्न भएको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।