शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज ६ गते । गोरखापत्र संस्थानमा लामो समयदेखि फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार शेखर चौलागाई सम्मानित हुनु भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले उहाँलाई सम्मानित गर्नुभएको हो ।