• १९ पुस २०८१, शुक्रबार

संस्कृति जोगाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री शाह

blog

थाकसको अधिवेसन उद्घाटनसत्रमा शुभकामना मन्तव्य राख्नुहुँदै मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले थारु समुदायको संस्कृति संस्कार जोगाउनु प्रदेश सरकारको दायित्व भएको बताउनुभएको छ ।  

कैलालीको हसुलियामा आज थारु कल्याणकारिणी सभा कैलालीको नवौं जिल्ला अधिवेसनको उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्रीले थारु समुदायको भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता दिने विश्वास दिलाउनुभयो ।  

अधिवेसन उद्घाटन अवसरमा विभिन्न क्षेत्रमा रहेर थारु समुदायलाई योगदान दिएको कदर गर्दै १४ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेमा भानुराम चौधरी, कैयाँ चौधरी, मुक्त कमैया अगुवा कौशिला चौधरी, इन्दिरा चौधरी, बुन्दीलाल चौधरी, अधिवक्ता जोहारीलाल चौधरी, सुनिता चौधरी हुनुहुन्छ । 

यस्तै, सम्मानित हुनेमा गीता चौधरी, राम दहित, नविन चौधरी, प्रमिला चौधरी, सागर कुश्मी, रामसिंह चौधरी र संगीता चौधरी रहनुभएको छ । थारु कल्याणकारिणी सभा कैलालीका कार्यबाहक सभापति माधव थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।