रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वच्छ र मर्यादित पत्रकारिताले लोकतन्त्रलाई थप बलियो बनाउने बताउनुभएको छ । अभिव्यक्ति स्वतन्त्रता बिना राजनीतिक स्वतन्त्रताको अर्थ नहुने उहाँको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तनहुँको भानु नगरपालिका –१३ मिलुङस्थित भयरस्थान देवताको मन्दिरमा गएर पूजाअर्चना गर्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ ।
शनिबार गृह जिल्ला भ्रमणमा रहनु भएका राष्ट्रपति रामचन्द्र पौडेले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।
नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताउनुभएको छ ।
अमेरिकामा बस्ने नेपाली समुदायबिच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालको पर्यटन विकासका लागि संस्कृति र प्रकृतिको संयोजन गर्नुहुँदै नयाँ कदम चाल्नुपर्ने बताउनुभएको छ । उहाँले नेपालको समाज इन्द्रेणी जस्तो रहेकोमा अहिले फिका फिका देखिन थालेको टिप्पणी गर्नुभयो ।
करिब दुई दशक अघि साङ्गीतिक क्षेत्रमा लाग्नुभएको मेनुका राईले डेढ सयभन्दा बढी गीत गाउनुभएको छ । बजारमा भाइरल हुने प्रतिस्पर्धा भइरहँदा गायिका राईको गीतहरू त्यस्तो धेरै नचले पनि पूर्वी पहाडतिर उहाँका गीतहरू निक्कै मन पराइरहेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गर्नुभएको छ ।
यस वर्षको हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार रुकुमका टेलिभिजन पत्रकार महेश केसी र धादिङका टेलिभिजन पत्रकार शिव सिलवाललाई संयुक्त रूपमा प्रदान गरिएको छ ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा पुग्नु भएको छ ।
‘ट्वाक् ट्वाक्... ट्वाक्... ट्वाक्...’ आवाज दिए अंशु र जनकले । घ¥याक्क ढोका खोल्यो प्रभातले ।
गोरखापत्र दैनिकका प्रमुख समाचारदाता केदार भट्टराई सम्मानित हुनु भएको छ । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा भट्टराई लगायत विभिन्न सञ्चारकर्मी र व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।