अमरराज नहर्की
तनहुँ, असोज ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तनहुँको भानु नगरपालिका –१३ मिलुङस्थित भयरस्थान देवताको मन्दिरमा गएर पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेललाई भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, वडा नम्बर १३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीलगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो ।
आज शनिबार पहिलो पटक गृहजिल्ला तनहुँ आउनेक्रममा राष्ट्रपतिले मन्दिरमा पूजाअर्चना गर्नुभएको हो । राष्ट्रपति निर्वाचित भएको १९८ दिनमा राष्ट्रपति पौडेलले गृहजिल्लाको भ्रमण गर्नुभएको हो ।