• १० मंसिर २०८१, सोमबार

तरङ्गहरू मनैदेखिका तरलतम्

blog

तरङ्ग तरङ्गिन्छन्, मनभित्रका उछाल पोखेर । भावनाका तरल तरङ्ग । रोक्न खोजेर रोकिन्न । कुनै हातलमा नि । हुन्न सम्भव । असम्भव प्रायः बनिन्छ । हुन्छ पनि उस्तै, यस्तै, त्यस्तै । जमानामै फ्रान्सेली शासक नेपोलियन बोनापार्टले ‘असम्भव शब्द मूर्खहरूका शब्दकोशमा मात्र भेटिन्छ’ भने थे । समय परिस्थितिले पल्टाइदिए । उनकै महान् वाणी । उनका आवेश शक्ति उपासना साबितिए । युद्ध एक्लै लडिन्न । न लडिन्छ पाखुरीकै भरमा । असम्भव हुन्छ त्यो । तरङ्ग मनभित्रकै आफ्नै । निबन्ध लेखन आफ्नै । मनभित्रका उछाल । निर्बन्ध निबन्धका । आयामिक मन दृष्टिकोण अँगालेर । गरेर अभिव्यक्त आफ्नै । मनलाई उदिप्त उडान भराएर । मन जब भर्छ उडान । चहार्छन् दिगदिगन्त । दिगदिगन्तका दिशा हुन्न । दिशाका नामकरण मस्तिष्कका करामत हाम्रै पुर्खाका बहार । हिन्दुस्थानका जयहिन्द गायनले चन्द्रमामा प्रक्षेपण गरे । यानका सफल अवतरण स्थलका नामकरण शिवशक्ति धाम बने । दूरदर्शनद्वारा भरेँ मनग्य आँट । भरेपछि आँट हुँदा रहेछ ज्ञान मन÷मनग्य ! खोजका पृृष्ठमूमि – उपलब्धि केही अंश साक्षात्कार । केही भावनात्मक हुन्छन् पनि बनेका नैतिक चरित्रवान् । नीतिले निर्दिष्ट नवपथ । निर्धारित दिशाबोधी मार्ग निर्देशन । समयानुकूल पथगामी रेखाचित्र । दिशा निर्देशन दूरगामी संयन्त्र । अन्तरभाव विन्यास । तरल तरङ्ग । अन्तरनिहित हुन्छ, रहन्छ – गुढ रहस्य ठोस रूपमा । मनको मधानीमा राखी मथ्नु पर्छ । मनको मधानी युगसापेक्ष भाष्य बन्छ – बनेको विषय विद्वान् मण्डली । मामाका बोलिवचन भाकामा थिङ्कट्याङ्क । आत्मरति – आत्मश्लाघा मुक्त मध्यम मार्ग । बुद्ध ज्योतिमार्ग । असतो मा सद् गमय ... ! असल – ठिक बाटो लाग्ने विवेक – बल भए अरू चाहिँदो के ?

हामीमध्ये कैयौँ भौँतारिएकै हुन्छौँ । छौँ पनि । होलाऔँ अनि । भौँतारिनु एक प्रकारले दिग्भ्रमित हुनु । दिग्भ्रमित हुनु मन काबुमा नहुनु । बन्छु नि आफैँ त्यस्तै । स्थिर जब बन्दा एकाग्र । भताभुङ्ग हुन्छ मन । मन बन्छ एकाग्र । चित्त बन्छ शान्त । शान्त मन एकाग्र चिन्तन एकचित्त – एकध्यान । फलदायक योग । योग संयोग । योग वियोग होइन कदापि । योग मिलन । मनयोग सर्व सम्भव फलयोग । फलयोग जीवनयोग । जीवन योगमय चिन्तन । सकारात्मक चिन्तनले सफलताका मार्ग भेटिन्छ । जीवनको वृद्धाश्रम आफ्नै मनभित्रका आत्मध्यान । आत्मध्यान – आत्मज्ञान । आत्मज्ञान जति उज्यालो घाम अरू कुन बन्दो हो ? सोध्छु आफैँसित गुनगुनाई भित्रभित्र । आफ्नैसित भएर मोहित मनसित आफ्नै न कान्लो, न उबडखाबड । न उकाली न ओराली, न पहाड न पर्वत । न खोँच न भिर पाखो ! सुगम सहज । मन्त्र मुग्ध ! स्निग्ध, सुभ्र–सौहार्द । सहृदयताको सुमधुर सुगन्धको वासना – रजनीगन्धा !!

रजनीगन्धा प्राकृत मगमगाउँदो फूल ! प्राकृत पर्यावरणीय वस्तु । पर्यावरण प्रकृतिजन्य । जस्तो प्रकृति उस्तै वस्तु । प्रकृतिविरुद्ध प्रजनन हुन्न । सम्भव हुन्न । निषेधित प्रायः करबर हुँदै हुन्न । गरे नि मरिहत्ते लाग्दैन सिप कुनै । प्रकृतिविरुद्ध जान चाहेर पुग्दैन कठै । बबुरो बनिन्छ । बने नि उमेरले, चुलिएर बने नि चुचुरो नै । ‘प्रकृति विरुद्धम् नाचरनीयम्’ देववाणी बनेका संस्कृत वाङ्मय । देववाणी वाङ्मयको रत्तिभर विज्ञताकै अभावग्रस्त वर्तमान शिक्षा पद्धतिले बिथोलिएर समय ढलमलिन पुगेको छ । मूल तन्तु नै ढलमलिन पुगेर वर्तमान डगमगिएको स्थिति – वर्तमानकै भुक्तमान । सकेन बन्न सार्थक हनुमान् । आक्षेपको अर्घेलो मात्र युग हँकाइको मन्त्र तन्त्र बनोइन ! एक्लो प्रयास सार्थक हुन्छ कहाँ ? समयचव्रmले चलायमान उद्यत भए पो । बन्छ चिन्तन सार्थक । सार्थकता युग सापेक्षता । युगकै लागि त सबै प्रयत्नशील प्रयास । प्रयत्न बुद्धका पञ्चशील प्रार्थना । अष्टाङ्गका महायान प्रयत्नशील यान । अभियानका सार्थक प्रयाण ।

यति सारो गहिरो प्रयाणबाट उद्भव हुँदो फल । गीता दर्शनभित्रका उपज ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन !’ कर्मवोधी मनयोग । जान्ने बुझ्ने मन्त्र । मन्त्र मनभित्रैबाट उद्भव हुने बोधितत्व । बोधितत्व उद्वोधित मानसपटलका उपज । भूमिगत स्रोत – जलस्रोत । जलस्रोत मन्त्रालय थाहा छ सबलाई । सामान्य बढुवादेखि अगुवासम्मलाई । मन्त्रालय देववाणी संस्कृतका । संस्कृत देववाणी यस रहस्य उद्बोधनले भए, गरे – संस्कृत भनाइ नै परिस्कृत – परिमार्जित छन् । संस्कारयुक्त । भन्नु परिस्कृत – परिमार्जित – टल्कँदो – उज्ज्वल जे भनौँ भनौँ ।

कर्मरत् रहनु धर्म । धर्म सम्झी कर्म गरे फल प्राप्त हुनु अवश्यम्भावी । कर्महीन रहे निस्फल रहन्छ त्यसै उसै । कर्म अग्रिम खण्ड फल फल्छ यथा समयमै । बोटबिरुवा रोप्नु पहिलो कर्म । मलजल, गोडमेल गर्दै गर्दा बोटबिरुवाको धर्म फल दिनु । स्वचालित प्रक्रिया धर्म नै । ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ! मा कर्मफल हेतुर्भूर्मा ते सङ्गो स्तुकर्मणि !!’ गीताका मन्त्र यो श्लोक पारायणमै सीमित रहन्न । घुक्र्याइ मर्काइ छेर्को चालबाजी कुत्सित राजनीतिकर्मीका लागि नि सदाबहार – सुकिलो राजमार्ग नबन्ला कसरी ? राजमार्ग राज्य सञ्चालनको सुगम तर दूरगामी सुमार्ग ! कलहमुक्त मार्ग !

तरङ्गहरू मनैदेखिका तरलतम् प्रसङ्गहरू यहीँ विसर्जन गर्ने अनुमति याचना !