सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिष्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभएको छ ।
आगामी असोज २७ गते राष्ट्रिय पोलियो दिवसको अवसर पारी ‘रन टुवार्ड्स ए पोलियो फ्री टुमारो’ नारासहित भैरहवामा रोटरी हाफ म्याराथनको आयोजना हुनेभएको छ ।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले मातहतका सेवाको वार्षिक समीक्षा गर्दै ‘स्वच्छ भान्सा, आरोग्य जीवन’ कार्यक्रम सुरु गरेको जनाएको छ ।
गुल्मीको कालीगण्डकी गाउँपालिकाले विद्यालय बन्द गरेमा नियमानुसार कारबाही गर्ने निर्णय गरेको छ । विद्यार्थीहरुको नियमित पठनपाठनको हक अधिकारलाई बञ्चित नगर्नको लागि नियमित विद्यालय सञ्चालन गर्न यहाँका सबै विद्यालयलाई अनुरोध गरिएको छ ।
नेपालगन्ज उपमाहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने तयारी सुरु गरिएको जनाएको छ । नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले एक वर्षसम्म फोहोर व्यवस्थापनबारे स्थानीय वासिन्दालाई निकै सचेत पारिएको र सम्झाइ बुझाइ समेत गरिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय सल्लाहकार सदस्य कमरेड खेमराज भट्ट ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताउनुभएको छ ।
वीरेन्द्रनगरमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ । अर्गानिक स्वस्थकर बेकरी परिकार खुवाउन रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो ।
चाडपर्वमा सार्वजनिक बसको टिकट खुलाउने सम्बन्धमा सरोकारवालाबीच प्रारम्भिक छलफल सुरु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरीका लागि उत्प्रेरणा अभिवृद्धि कार्यक्रम गरेकाे छ । प्रहरीको कामलाई प्रभावकारी बनाउन र अनुसन्धानलाई थप सुक्ष्म र नविनतालाई सुव्यवस्थित गर्न कार्यक्रम आयोजना गरेको प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
घान्द्रुक जाने पर्यटकको बसाइ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रीय पदमार्ग निर्माण गरेका छन् । पदमार्ग ४ किलोमिटर लामो रहेको छ ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आउनुभएकी उहाँ तीन वर्षदेखि यही पेसा गर्दै आउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी भएको बताउनुभएको छ ।
दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।
दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ ।