• २१ वैशाख २०८१, शुक्रबार

रोटरी हाफ म्याराथनको आयोजना हुँदै

blog

म्याराथनबारे जानकारी दिन शुक्रबार भैरहवामा आयोजित पत्रकार सम्मेलन ।

श्यामशङ्कर पाण्डे

लुम्बिनी, असोज ५ गते । आगामी असोज २७ गते राष्ट्रिय पोलियो दिवसको अवसर पारी ‘रन टुवार्ड्स ए पोलियो फ्री टुमारो’ नारासहित भैरहवामा रोटरी हाफ म्याराथनको आयोजना हुनेभएको छ । 

रोटरी क्लब अफ भैरहवा, रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर र रोटरी क्लब अफ सेन्टर लुम्बिनीको संयुक्त आयोजनामा हुने म्याराथनमा राष्ट्रिय धावक तथा ओलम्पियन बैकुण्ठ मानान्धरले प्राविधिक संयोजन गर्नुहुने कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिनुभयो । 

विश्वबाट पोलियो उन्मूलन गर्न रोटरी इन्टरनेशनलले विशेष भूमिका खेलेको हुँदा खेलको माध्यमबाट पोलियोविरुद्ध जनचेतना जगाउने उद्देश्यले रोटरी हाफ म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । 

नेपालभरीका धावकले भाग लिने यो कार्यक्रममा प्रथम हुनेले एक लाख रुपियाँ, द्वितीय हुनेले ७५ हजार रुपियाँ, तृतीय हुनेले ५० हजार रुपियाँ तथा सान्त्वना हुने २ जना पुरुष तथा २ जना महिलालाई पाँच हजार एकसय रुपियाँ पुरस्कारसहित मेडलको व्यवस्था गरिएको छ । रोटरीले पोलियो दिवस अक्टोबर २४ मा मनाउने गर्छ । 

यो दिवस मनाउनुको मुख्य उद्देश्य पोलियो निर्मुल गर्न भ्याक्सिन लगाउने, पोलियो थोपा खुवाउन जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष नारायणप्रसाद भण्डारीले म्याराथनले भैरहवा, लुम्बिनी र यस आसपासका पर्यटकीय क्षेत्रको प्रवर्धन गर्ने बताउनुभयो ।