• ११ मंसिर २०८१, मङ्गलबार

फरार रहेका प्रतिवादी प्रकाउ

blog

ज्यान मार्ने उद्योगमा पक्राउ परेका प्रतिवादी ।

लीलाधर वली

घोराही, असोज ५ गते । दाङमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । 

सर्वोच्च अदालत काठमाडौंबाट २०७९ माघ १५ गते ज्यान मार्ने उद्योगमा ४ वर्ष ८ महिना २२ दिन कैद सजाय फैसला भई फरार रहेका  गढवा गाउँपालिका –४ निवासी ३९ वर्षीय धीरेन्द्र चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।  

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार खोजतलासका क्रममा गढवा गाउँपालिका –४ स्थित लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरेको थियो । पक्राउ परेका प्रतिवादीलाई सजाय भुक्तानका लागि दाङ जिल्ला अदालतलाई बुझाएको उहाँले बताउनुभयो ।