दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा लागेको ताला खुलेको छ ।
काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । आयोजक कमिटीका अध्यक्ष केशवराज पाण्डेका अनुसार अधिकांश पालिका कमिटी र जनसङ्गठनका प्रतिनिधि चयन भइसकेको विवरण प्राप्त भइसकेको र अन्य तयारी पनि पूरा भएको बताउनुभयो ।
सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ ।
गत ३० भदौमा भागेश्वर गाउँपालिका–३ मा स्वास्थ्य शिविर भयो । गाउँपालिकाको नियमित कार्यक्रम अन्तरगत भएको शिविरमा भिडियो एक्स-रे सेवा पनि सञ्चालन गरिएको थियो । सोही शिविरमा आइन स्थानीय २० वर्षीया युवति (विवाहित) । केही महिनादेखि पेट दुख्ने समस्या देखिएको थियो उहाँको ।
पाँच वर्षअघि चितवनको देवघाटधाममा निर्माण सुरु भएको विद्युतीय शवदाह गृह अझै सम्पन्न भएको छैन । तोकिएको समयमा निर्माण कम्पनीले काम नगरेपछि सरकारी निकायसमेत हैरानीमा परेको छ ।
पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो ।
सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चित कालिन कर्फ्यु जारी गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराउनुभयो ।
बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन निर्माण भएको झन्डै डेढ वर्षपछि प्रदेश विश्वविद्यालय स्थापनाका लागि तयारी थालेको छ । प्रदेश उच्च शिक्षा परिषद्को यहाँ
लामो समयदेखि अर्कै संस्थाको भवनबाट सञ्चालनमा रहेको हरिवन नगरपालिका–८ को वडा कार्यालय बुधबारदेखि आफ्नै भवनमा सारिएको छ । हरिवनस्थित पुरानो बजारमा निर्माण गरिएको वडा कार्यालय भवन बुधबार संविधान दिवसका अवसरमा उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भवनको उद्घाटन गरिएको वडाध्यक्ष प्रज्वल ढुङ्गानाले जानकारी दिनुभयो ।
विज्ञान र प्रविधिको चरम विकाससँगै भविष्यमा चन्द्रमामा बस्ती बसाउने योजना बनाइएको छ । वैज्ञानिकको यो योजनालाई समर्थन गर्दै एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले चन्द्रमामा सपिङ मल बनाउने रोचक काल्पनिक चित्र सार्वजनिक गरिएको छ । एआईका अनुसार चन्द्रमामा मनोरञ्जनात्मक सुविधाहरू पूरा गर्न पसल, रेस्टुरेन्ट, मल्टिप्लेक्सका साथै अन्तरिक्ष यात्रासम्बन्धी स्टलहरू पनि हुने छन् । चन्द्रमामा भव्य मलको निर्माण हुँदा अन्तरिक्षयात्री
अर्थमन्त्री डा. प्रकाशशरण महत एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक [एआइआइबि]को वार्षिक बैठकमा सहभागी हुन इजिप्टको राजधानी कायरो प्रस्थान गर्नु भएको छ । उहाँले एआइआइबिको गभर्नरको हैसियतमा बैठकमा सहभागिता जनाउनु हुनेछ । उहाँको साथमा राजस्व सचिव डा। रामप्रसाद घिमिरे र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।
क्यान्सरको एक खालको उपचार विधि हो– केमोथेरापी । उपचारात्मक, आयु लम्ब्याउन वा लक्षणहरू कम गर्न केमोथेरापी गरिन्छ । चिकित्सा क्षेत्रमा औषधी दिई क्यान्सरको उपचार गर्ने पद्धतिलाई ‘मेडिकल अल्कोलोजी’ भनिन्छ। क्यान्सरमा प्रयोग हुने औषधी क्यान्सरका कोषलाई विषसरह नै हो । किनकि यसले क्यान्सरका कोष वृद्धि गर्न दिँदैन भने कतिपय केमोथेरापी औषधीले कोष वृद्धिका लागि निकै महत्वपूर्ण डिएनएमा असर पु¥याउँछन् । कोष वृद्धिका क्रममा कोष बाहिरका सङ्केतलाई रोक्ने औषधीलाई केमो औषधीको समूहमा राखिँदैन । कोषको अणुगत वा वंशाणु अंशलाई लक्षित गरी उपचार गर्ने अभिप्रायले कोषका वृद्धिलाई रोक्ने औषधीहरू केमोथे
संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले थप आठ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गरेको छ । पालिकाले गत वर्ष संविधान दिवसकै अवसर पारेर छ परिवारलाई सुरक्षित आवास प्रदान गरेको थियो ।
विदेह नगरपालिका धनुषा जिल्लाको पूर्वी भागमा पर्छ । साबिकको छ वटा गाउँ विकास समिति दुहबी, ठाढीझिझा, एकराही, गिद्धाबेलापटटी, बफै र इटहरबाको ९ नम्बर वडा मिलेर बनेको यस नपामा नौ वटा वडा छन् ।