• २७ वैशाख २०८२, शनिबार

पूर्व मन्त्री भट्टको निधन

blog

काठमाडौँ, असोज ५ गते । पूर्व मन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ। क्यान्सर रोगको उपचाररत भट्टको बिहीबार निधन भएको प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार समेत रहेका उहाँ वीर अस्पतालमा उपचाररत हुनुहुन्थ्याे। उहाँ २०५६ सालको आम निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो ।