• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबिच भेटवार्ता

blog

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं, असोज ५ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट बाइडेन जुनियर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । 

संक्षिप्त भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । 

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिनुभयो । 

भेटमा राष्ट्रपति वाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी हुनुहुन्थ्यो । 

राष्ट्रपतिसँग भेट हुँदा प्रधानमन्त्री प्रचण्डले नेपाली पोशाक दौरा सुरुवाल र भादगाउँले  टोपी लगाउनुभएको थियो ।