प्रेमराज सिम्खडा
कालीकोट असोज ४ गते । कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नं ६ का तीन जना महिला माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घटना लगतै उहाँहरूलाई रास्कोट अस्पतालमा उपचारका लागि ल्याइएपनि यहाँ सम्भव नहुँदा प्रदेश अस्पताल रिफर गरिएको हो ।
घाइते हुनेमा मिना फर्साल, ईश्वरी फर्साल र पुजना फर्साल छन् ।
बिरामीका आफन्त राजबहादुर बोगटीका अनुसार घाइते तीनै जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । सामान्य परिवारका महिला भएकाले उपचारमा खर्चको अभाव भएको बोगटीले बत्ताउनुभयो ।