• १३ असोज २०८१, आइतबार

राजकुमार र निर्मला घिसिङको 'आयो है ल्होछार'

blog

काठमाडौं, माघ ३ गते । गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङ र गायिका निर्मला घिसिङको आवाजमा ल्होछार गीत 'आयो है ल्होछार' बोलको गीत बजारमा आएको छ । डोल्मो घिसिङ तामाङको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गायक एवं सङ्गीतकार राजकुमार दोङ तामाङको शब्द र सङ्गीतमा तयार भएको उक्त गीतलाई जोगलाल लामाले सङ्गीत संयोजन, अर्पण थिङले मिक्सिङ गर्नुभएको हो । रोनिश लामाले ड्रोन छायाङ्कन गर्नुभएको हो भने गीतको म्युजिक भिडियोलाई बिनोद लामाले छायाङ्कन राजेन्द्र मोक्तानले कलर र अजय स्याङ्तानले निर्देशन र कोरियोग्राफी गर्नुभएको हो ।

डोल्मो घिसिङ तामाङको निर्माण रहेको भिडियोमा अजय स्याङ्तान, रोहनी लामा, रस्मिला तामाङ र बुद्धि तामाङको अभिनय छ ।