कर्णाली प्रदेश मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका स्थित प्रसिद्ध रारा तालको मनमोहक दृश्य ।
जुम्लाको हिमा गाउँपालिका- ४ स्थित हिमा नदीमाथि बनाइएको कलात्मक काठको पुल ।
कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एक युवकको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
नसना मेरी बहिनीकी सखी । उनीहरूबिच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दुःख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैँ एउटै थियो, “सन्चै हुनुहुन्छ ?” म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो संवाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थिन् ।
तिम्रा आँखाबाट सधैँ झरेको म मान्छे पल पल जिन्दगीमा मरेको म मान्छे । आफ्नो मुटु रित्तो पारि दिएको थेँ मैले विधाताले सिङ्गै भाग्य हरेको म मान्छे ।
साथी कस्तो हुनु पर्छ तिमीसँग सिकेँ मैले साथीमा हुनुपर्ने सबै गुण तिमीसँग पाएँ मैले तिम्रो साथले मेरो जीवन अर्थपूर्ण बनाएका छौ साँच्चै तिमी मेरो लागि विशेष छौ
मुस्ताङको दामोदर कुण्डबाट निस्कने पानी र मुक्तिनाथ मन्दिरमा उत्पत्ति भएको पानी कागबेनीमा एक ठाउँमा मिसिन्छ र कालीगण्डकी नदी बन्दछ । विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुग्दा नदीको बहाव मात्रै होइन, यसको महत्व पनि बढेको पाइन्छ । जिल्ला र प्रदेशको सिमानाको काम गरेको यो नदी वैदिक सनातन धर्म मान्नेको आस्थाको केन्द्र हो । भगवान् विष्णुको साक्षात् स्वरूप मानिने शालग्राम (शालिग्राम) यही नदीमा पाइन्छ । विभिन्न चाडपर्वमा कालीगण्डकी नदीमा घुइँचो नै लाग्ने गर्दछ । ए
काठमाडौँ खाल्डोबाट मौसम खुल्दा टाढा देखिने हिमाललाई नजिकैबाट आँखाले स्पर्श गर्न पाउने सुनौलो अवसरलाई कसले पो अस्वीकार गर्न सक्थ्यो र ! हिमाल हेर्ने र प्रकृतिसँग मितेरी गाँस्दै पदयात्रा गर्ने त्यही उत्कट चाहनाले तानेर मलाई लाङटाङ भ्यालीको यात्रामा डो¥याएको थियो । यो सुनौलो अवसर जुराइदिएको थियो, मातृअरबिन्द माध्यमिक विद्यालय चन्द्रागिरि काठमाडौँले । विद्यार्थीलाई व्यावहारिक सिप, उत्पादनमुखी शिक्षामा जोड दिँदै देशको भूगोल, संस्कृति, प्रकृति चिनाउने
मधेश प्रदेशको रौतहट जिल्लाको उत्तरपूर्वी कुनामा रहेको मनोरम ठाउँ हो नुनथर । पूर्वपश्चिम लोकमार्गभन्दा करिब एक किलोमिटर उत्तरपर्ने नुनथर बागमती नदीको किनारमा अवस्थित छ । प्राकृतिक दृष्टिकोणले मनोरम, धार्मिक दृष्टिकोणले दर्शनीय तथा पर्यटकीय दृष्टिकोणले महìवपूर्ण रहेको नुनथरमा हरेक वर्ष लाखौँ पर्यटक पुग्ने गरेका छन् । मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य नुनथर भारतीय पर्यटकको पनि रोजाइमा परेको क्षेत्र हो । नामकरण
पनौती नगरपालिका बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । पहिले नेपालको सबभन्दा सानो गाविस पनौती २०५३ साल माघदेखि खोपासी, मल्पी, सुन्थान, टौखाल र सुब्बागाउँ समेटेर नगरपालिकामा परिणत भएको छ । मुलुक सङ्घीय गणतन्त्रमा परिणत भएपछि २०७३ साल फागुनमा अगलबगलका तत्कालीन शारदा बतासे र शङ्खुपाटीचौर गाविसका केही वडाका साथै बल्थली, ¥याले, कुशादेवी र भूमिडाँडा गाभेर पनौती नगरपालिकाले अझ बृहत्तर रूप पायो । समुद्री
वर्षा लागेसँगै सप्तकोशी नदीबाट दाउरा निकाल्ने काम सुरु भएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी कोरिडोर क्षेत्रका स्थानीय जोखिम मोल्दै बाढीसँगै बगेर आउने दाउरा निकाल्न व्यस्त छन् । असारको पहिलो हप्तादेखि नै वर्षा सुरु भएपछि पूर्वी पहाडी बस्तीबाट आएको बाढीले दाउरा बगाएर ल्याउन सुरु गरेसँगै सप्तकोशी कोरिडोर क्षेत्रका बासिन्दाले नदीबाट दाउरा निकाल्न थालेका हुन् । कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू कोशीबाट दाउरा निकालेर पनि आम्दानी गर्छन् । सप्तकोशी नदीको चतरा, सिसौली घाट, महेन्द्रनगर, शुक्रबारे, राजावास, धरहरा, टपनलगायतका कोशी तटबन्ध क्षेत्रका बासिन्दा बाँसको टाँगोको सहायताले नदीबाट दाउरा निकाल्छन् ।
लुम्बिनी प्रदेश सभा सदस्यले सरकारले प्रस्तुत गरेको बजेट र राजस्व सङ्कलनको अनुमान मिल्दो नरहेको टिप्पणी गरेका छन् । प्रदेश सरकारले राजस्व सङ्कलनको वास्तविक अवस्थाभन्दा दोब्बर राजस्व सङ्कलनको लक्ष्य राख्ने र घाटा बजेट बनाएको बताउँदै प्रदेश सभा सदस्यले त्यसका कारण योजना कार्यान्वयनमा चुनौती थपिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ मुख्य योजना प्रस्ताव गरिएको हो । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । सिँचाइका योजनालाई प्रभावकारी बनाएर कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले बताउनुभयो । बजेट घटेर आएकाले मन्त्रालयले मुख्य मुख्य योजना प्रस्ताव गरेको उहाँको भनाइ छ ।
बढी तौल भएका गरुङ्गो सामान झोलुङ्गे पुलबाट ओसारपसार गर्न निषेध गरिएको छ । झोलुङ्गे पुल जीर्ण भएका कारण जोखिम बढी देखिएकाले वडा कार्यालयले यस्ता सामान पुलमा लैजान बन्द गरेको हो । खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाहीले खार्पुको दोजाम कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा बढी तौल भएका सामान लैजान निषेध गरिएको बताउनुभयो । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका जोडिएपछि यस्ता सामान दोजाम कर्णालीको पूर्वपट्टिको किनारसम्म गाडीमा ढुवानी भएर आउने गरेका छन् ।