मधेश प्रदेशको रौतहट जिल्लाको उत्तरपूर्वी कुनामा रहेको मनोरम ठाउँ हो नुनथर । पूर्वपश्चिम लोकमार्गभन्दा करिब एक किलोमिटर उत्तरपर्ने नुनथर बागमती नदीको किनारमा अवस्थित छ । प्राकृतिक दृष्टिकोणले मनोरम, धार्मिक दृष्टिकोणले दर्शनीय तथा पर्यटकीय दृष्टिकोणले महìवपूर्ण रहेको नुनथरमा हरेक वर्ष लाखौँ पर्यटक पुग्ने गरेका छन् । मधेश प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य नुनथर भारतीय पर्यटकको पनि रोजाइमा परेको क्षेत्र हो । नामकरण
पनौती नगरपालिका बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । पहिले नेपालको सबभन्दा सानो गाविस पनौती २०५३ साल माघदेखि खोपासी, मल्पी, सुन्थान, टौखाल र सुब्बागाउँ समेटेर नगरपालिकामा परिणत भएको छ । मुलुक सङ्घीय गणतन्त्रमा परिणत भएपछि २०७३ साल फागुनमा अगलबगलका तत्कालीन शारदा बतासे र शङ्खुपाटीचौर गाविसका केही वडाका साथै बल्थली, ¥याले, कुशादेवी र भूमिडाँडा गाभेर पनौती नगरपालिकाले अझ बृहत्तर रूप पायो । समुद्री
वर्षा लागेसँगै सप्तकोशी नदीबाट दाउरा निकाल्ने काम सुरु भएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी कोरिडोर क्षेत्रका स्थानीय जोखिम मोल्दै बाढीसँगै बगेर आउने दाउरा निकाल्न व्यस्त छन् । असारको पहिलो हप्तादेखि नै वर्षा सुरु भएपछि पूर्वी पहाडी बस्तीबाट आएको बाढीले दाउरा बगाएर ल्याउन सुरु गरेसँगै सप्तकोशी कोरिडोर क्षेत्रका बासिन्दाले नदीबाट दाउरा निकाल्न थालेका हुन् । कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू कोशीबाट दाउरा निकालेर पनि आम्दानी गर्छन् । सप्तकोशी नदीको चतरा, सिसौली घाट, महेन्द्रनगर, शुक्रबारे, राजावास, धरहरा, टपनलगायतका कोशी तटबन्ध क्षेत्रका बासिन्दा बाँसको टाँगोको सहायताले नदीबाट दाउरा निकाल्छन् ।
लुम्बिनी प्रदेश सभा सदस्यले सरकारले प्रस्तुत गरेको बजेट र राजस्व सङ्कलनको अनुमान मिल्दो नरहेको टिप्पणी गरेका छन् । प्रदेश सरकारले राजस्व सङ्कलनको वास्तविक अवस्थाभन्दा दोब्बर राजस्व सङ्कलनको लक्ष्य राख्ने र घाटा बजेट बनाएको बताउँदै प्रदेश सभा सदस्यले त्यसका कारण योजना कार्यान्वयनमा चुनौती थपिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ विस्तार गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ मुख्य योजना प्रस्ताव गरिएको हो । मन्त्रालयले खानेपानी, सिँचाइ तथा ऊर्जा विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । सिँचाइका योजनालाई प्रभावकारी बनाएर कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको मन्त्रालयका सचिव नवीनचन्द्र अधिकारीले बताउनुभयो । बजेट घटेर आएकाले मन्त्रालयले मुख्य मुख्य योजना प्रस्ताव गरेको उहाँको भनाइ छ ।
बढी तौल भएका गरुङ्गो सामान झोलुङ्गे पुलबाट ओसारपसार गर्न निषेध गरिएको छ । झोलुङ्गे पुल जीर्ण भएका कारण जोखिम बढी देखिएकाले वडा कार्यालयले यस्ता सामान पुलमा लैजान बन्द गरेको हो । खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजङ्ग शाहीले खार्पुको दोजाम कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा बढी तौल भएका सामान लैजान निषेध गरिएको बताउनुभयो । राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिका जोडिएपछि यस्ता सामान दोजाम कर्णालीको पूर्वपट्टिको किनारसम्म गाडीमा ढुवानी भएर आउने गरेका छन् ।
डडेलधुरा जिल्लाका स्थानीय तहमा ऐनविपरीत करार कर्मचारी राख्ने प्रवृत्ति झनै बढेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा जिल्लाका स्थानीय तहले ऐनविपरीत करार कर्मचारी राखेर लाखौँ रुपियाँ तलब खुवाएको देखिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेषण गरी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थायी प्रकृतिको कामका लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने व्यवस्था छ तर डडेलधुराका स्थानीय तहले भने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणसमेत नगरेर करारमा कर्मचारी राखेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ तर विभिन्न पालिकामा खाना र विविधतर्फ मनोमानी रूपमा बजेट खर्च भएको छ । यस्तै स्थानीय तहमा कार्यको प्रमाण पुग्ने कागजातबिना नै भुक्तानी गर्ने र अनियमित रूपमा रकम खर्च गर्ने प्रवृत्ति पनि बढेको छ ।
थारू समुदायको बाहुल्य रहेको कैलालीमा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या ६६५ पुगेको छ । सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय उपचार गराउन आउने सिकलसेलका बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिकलसेल एनिमिया थारू समुदायमा देखा परेको वंशाणुगत रोग हो ।
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा देखिएका त्रुटि सच्याउने सहमति भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा त्रुटि रहेको भन्दै पुनर्लेखन गर्न माग गर्दै प्रदेश सभाको बैठक अवरुद्ध गरेपछि सहमति जुटाउन शुव्रmबार यहाँ बसेको सर्वदलीय बैठकमा बजेटमा रहेका त्रुटि सच्याउने सहमति भएको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित विपक्षी दलका नेताको उपस्थितिमा भएको बैठकमा अवरुद्ध प्रदेश सभाको बैठक नियमित सञ्चालन गर्ने सहमति भएको थियो ।
पठन संस्कृति विकासका लागि पुस्तकालयको अत्यन्तै ठुलो महत्व रहेको बताइएको छ । पठन संस्कृति विकास गर्न पुस्तकालय र यसको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । मानव विकास तथा जागरण मञ्च नामक संस्थाले ‘पुस्तकालयको प्रभावकारी व्यवस्थापनमार्फत पठन संस्कृतिको विकास गरौँ’ भन्ने नारासहित विभिन्न क्षेत्रमा तालिम र सचेतना अभियान सञ्चालन गरेको छ । यसै अभियान अन्तर्गत असार १ देखि बुढानीलकण्ठ नगरपालिकाको बुढानीलकण्ठ माध्यमिक विद्यालयमा भएको एकहप्ते पुस्तकालय व्यवस्थापन तालिम शुक्रबार समापन भएको छ । बुढानीलकण्ठ नगरपालिका र मानव विकास तथा जागरण मञ्चले संयुक्त रूपमा बुढानीलकण्ठका सामुदायिक विद्यालयका पुस्तकालय हेर्ने शिक्षकशिक्षिकालाई एकहप्ते पुस्तकालय व्यवस्थापन तालिम दिएको हो ।
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको एक वर्ष पूरा भइसके पनि यो पर्यटकको गन्तव्य बन्न सकेको छैन । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले रत्नमन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
कालीकोटको पलाँता गाउँपालिकाको बेरुजु ३० करोड नाघेको छ । जनप्रतिनिधिको दबाबले हचुवाको भरमा बजेट वितरण गर्ने भएकाले बेरुजुको दायरा बढेको कर्मचारीहरूले जनाएका छन् ।