• १० मंसिर २०८१, सोमबार

पनौती जात्रा

blog

पनौती नगरपालिका बागमती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लामा पर्दछ । पहिले नेपालको सबभन्दा सानो गाविस पनौती २०५३ साल माघदेखि खोपासी, मल्पी, सुन्थान, टौखाल र सुब्बागाउँ समेटेर नगरपालिकामा परिणत भएको छ । मुलुक सङ्घीय गणतन्त्रमा परिणत भएपछि २०७३ साल फागुनमा अगलबगलका तत्कालीन शारदा बतासे र शङ्खुपाटीचौर गाविसका केही वडाका साथै बल्थली, ¥याले, कुशादेवी र भूमिडाँडा गाभेर पनौती नगरपालिकाले अझ बृहत्तर रूप पायो । समुद्री सतहबाट चार हजार छ सय फिटको उचाइमा अवस्थित पनौतीको हावापानी समशीतोष्ण प्रकारको छ । असला माछा, आलु, धान, सुन्तला, लप्सी तथा घिउको निकासीका लागि प्रख्यात पनौती व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

बृहत्तर पनौती नगरपालिकाको स्मारक क्षेत्र पनौती परम्परागत कला संस्कृति, धार्मिक, ऐतिहासिक, व्यापारिक, पर्यटकीय दृष्टिले अझ बढी महत्वको छ । पौराणिक कथन अनुसार पनौतीलाई नागले वेष्ठिट गरेको छ । यसै कारण नागलाई चोट लाग्ला भनेर यहाँ ढिकी नकुट्ने प्रथा चलिआएको छ । पनौती सहर एउटै ढुङ्गाको जगमा अडिएकाले पनि ढिकी राख्नु हुन्न भनिन्छ । वासुकी नागको जन्मथलो यहीँ हो र धेरै वर्षअघि उनलाई यहाँबाट पाटन लगिएको भन्ने कथन छ । यिनै वासुकी नागबाट यस पनौती नगर संरक्षित भएको मानिन्छ । त्यसैले राजपरिवार (तत्कालीन) यहाँ आएर बास बस्न हुँदैन पनि भनिन्छ । 

परापूर्वकालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न मकर सङ्क्रान्तिको सुकेको बाँस पानीले खिइएर चिल्लो भइसकेको ढुङ्गामा गाडेर यिनी अन्य धार्मिक  स्थलतर्पm लागे । १२ वर्षसम्म यताउति घुमीफिरी शची तीर्थमै आइपुगे र बाँस पलाएको देखे । त्यसबेलादेखि यस ठाउँको धार्मिक महìव थाहा पाई ‘पँ लोहँती’ अर्थात् ढुङ्गामा बाँस पलाएको भनी नाम दिए । नेवारी भाषा अनुसार ‘पँ’ को अर्थ बाँस र ‘लोहँ’ को अर्थ ‘ढुङ्गा’ हुन्छ । दोस्रो कथन अनुसार ‘पँ चुली’ अर्थात् बाँसको टुसा (हाँगा) भन्ने मूल शब्दबाट नै ‘पाञ्चाली’ हुन गएको हो भन्ने छ । धेरै मानिस नेवारी शब्द ‘पँ लोहँती’ भन्नाले ढुङ्गामा बाँस र ‘ती’ भन्नाले ‘तीर्थ’ पनि बुझाउने भएकाले नै ‘पन्ती’ शब्द हुन गएको विश्वास गर्दछन् । पनौतीलाई नेवारीमा ‘पन्ती’ र स्थानीय भाषामा ‘पनाती’, ‘पलाँती’ भनिन्छ ।

हिन्दु धर्मावलम्बीका लागि त्रिवेणी सङ्गमको नामले प्रख्यात उक्त स्थानमा १२ वर्षको एकपल्ट मकर सङ्क्रान्तिको दिनदेखि एक महिनासम्म भव्य मेला लाग्दछ । यो दिन सूर्य मकर क्षेत्रमा प्रवेश गर्ने हुनाले यस घटनालाई पवित्र मानिन्छ । जनविश्वास अनुसार उक्त दिनमा यो त्रिवेणीघाटमा स्नान गर्नेलाई धर्म तथा पुण्य प्राप्त हुने हुनाले यस धार्मिक स्थललाई ‘उत्तर प्रयाग तीर्थ’ का रूपमा लिइन्छ । बौद्ध कथन अनुसार पनौतीलाई ‘पाञ्चाल देश’ भनिन्थ्यो । योमरीको उत्पत्तिबारे ‘रत्नबदाने बुद्ध वचन’ मा उल्लेख गरिए अनुसार लिच्छविकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती) बाट भएको थियो । स्थानीय बासिन्दाका अनुसार पनौती सहर (स्मारक क्षेत्र) एउटै ढुङ्गामा अडिरहेको छ । ऐतिहासिक प्रमाणहरूमा पनौतीलाई ‘अस्म नगर’ पनि भनिएको छ । जसको अर्थ हुन्छ– पवित्र तथा अलौकिक ढुङ्गामा अवस्थित सहर । त्यसैले भूकम्पमा विशेषतः स्मारक क्षेत्रमा खासै भौतिक एवं मानवीय असर पुगेको थिएन ।  

पनौती जात्राको किंवदन्ती

एक पटक भद्रकाली एकदमै कामातुर भई महादेवलाई लखेट्न थालिछन् । पनौतीको लाय्कु दरबारनजिक पुग्दा भद्रकाली घोप्टो परी लड्न पुगिन् । यही बेला भद्रकालीले पछाडि हेर्दा उन्मत्त भैरव देखिन् र भैरवले पछाडिबाट तीन पटक शारीरिक सम्पर्क राखे । पछि महादेवले पनि भद्रकालीसँग तीन पटक शारीरिक सम्पर्क राखेको कुरालाई नै प्रतिविम्बित गर्दै पनौतीमा बर्सेनि रथ जुधाउने परम्परा (जात्रा) अभैm प्रचलनमा छ । काठमाडौँ पूर्वबनेपा सातगाउँ अन्तर्गतको पनौतीमा मनाइने जात्राको सार यत्ति नै  हो ।

ज्येष्ठ शुक्ल पूर्णिमाको दिन सबेरै पनौतीमा पुण्यमाता र रोसीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । गौतम ऋषिकी पत्नी अहल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पुण्यमाता र रोसीको सङ्गममा पूर्णिमाको दिन बिहान सबेरै नुहाउनाले भयो । स्कन्दपुराण अन्तर्गत हिमवत् खण्डमा यसरी उल्लेख गरिएको छ । यस्तै धार्मिक महìव बाह्रबर्से मकरमेला तथा बर्सेनि माघे सङ्व्रmान्तिको दिन त्रिवेणीघाटमा नुहाउनाले पनि पुण्य मिल्दछ भन्ने जनविश्वास छ । त्यसैले पनि अन्य बेला पनौती गइसकेको भए पनि आजको दिन पनौती जानुको छुट्टै धार्मिक महìव छ र रमाइलो पनि   हुन्छ ।

पनौती जात्रा 

पनौतीको जात्रा ज्येष्ठ शुक्ल दशमीदेखि आषाढ कृष्ण तृतीयासम्म नौ दिन लामो भए पनि पूर्णिमाको अघिल्लो तीन दिन विशेष महत्वपूर्ण छ । ज्येष्ठ शुक्ल दशमीको दिनलाई द्यो क्वहाँ बिज्याइगु भनिन्छ । त्रयोदशीको दिनलाई कुल्क्याः चतुर्दशीको दिनलाई मूःजात्रा तथा पूर्णिमापछिको तृतीयाको दिनलाई द्यो थाहाँ बिज्याइगु दिन भनिन्छ । आन्तरिक पर्यटकका लागि कुल्क्याः र पूर्णिमाको दिन ज्यादै रोमाञ्चकारी हुन्छ । त्यसैले पहिलो पटक पनौती जात्रा हेर्न चाहने महानुभावले यो दिन पनौतीको भ्रमण गर्नु उचित हुन्छ । पनौती जात्राको पहिलो दिन कुल्क्याःको राति बाजागाजासहित ब्रह्मायणीको खट त्यसपछि भद्रकालीको रथलाई त्रिवेणीघाटमा लगिन्छ । त्यसपछि दुईंचा न्याय्केगु भनी कुल्क्याः को मुख्य कार्य सुरु हुन्छ । ब्रह्मायणी मन्दिरमा शिलावती यज्ञका लागि आवश्यक पूजा सामान लिई पारि ब्रह्मायणी जाने पुण्यमाता माथिको झोलुङ्गे पुल पार गर्ने काम साह्रै ढिलो गरी पार गर्दछ । करिब २५ मिटर लामो झोलुङ्गे पुल पार गर्न त्यस्तै परे करिब ४५ मिनेट समय लगाउँछ । यसो गर्नाको किंवदन्ती यस प्रकार छ ।  परापूर्व पुण्यमाता खोलामा निकै ठुलो बाढी आएका कारण त्रिवेणीघाटपारि रहेको ब्रम्ह्मायणीमा गई शिलावती यज्ञ गर्न व्यवधान पुग्न गएका बेला पनौती जन्मस्थान भएको विश्वास गर्ने वासुकी नागले पुल बनाइदिएका थिए रे । माछा जस्तै नागको जिउ पनि चिप्लो हुने र पुच्छरतिर सानो हुने कारण दुईंचा न्यायकेगुका दिन साङ्केतिक रूपमा ढिलो हिँड्ने गरेको भनिन्छ ।


पनौती जात्राको दोस्रो मुख्य दिन अर्थात् चतुर्दशीको दिनलाई मूःजात्रा भनिन्छ । खासमा नेवारीमा मूःजात्रा भन्नाले मुख्य जात्रा भन्ने बुझिन्छ । यस दिन पनौतीवासीले आआफ्नो गच्छे अनुसार आफ्नो कुलदेवतास्थानमा स्वइच्छाले बलि दिई भोज खाने गरिन्छ । यस दिन आफ्ना छोरीचेली, आफन्त, पाहुनाजनलाई निम्तो गरी भोज खाने, खुवाउने गरिन्छ । यस दिन काठं गणेशको खटयात्रा गरिन्छ ।

आज (असार ८ गते) पनौती जात्रा अन्तर्गतको मुख्य दिन अर्थात् ज्यापुन्हीको दिन हो । यस दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीमाईबिच तीन/तीन पटक रथ जुधाई जात्रा सम्पन्न हुने छ । बोक्ने र गुडाउने खालको रथ जुधाइने जात्रा सायद नेपालभरिमा यहाँ मात्र गरिन्छ । सम्भोगको प्रतीक स्वरूप रथ जुधाई मनाउने पनौतीको जात्रा ऊ बेला जात्रा हेर्न आएका पाहुनाहरू नै जिल्लिने गरी मध्यराति नै सम्पन्न गरिन्थ्यो भने आजकल मध्याह्न ताका गरिन्छ । आज मध्याह्नतिर यस जात्राको सिलसिलामा सुरुमा ब्रह्मायणीलाई रथयात्रा गरी नगर परिव्रmमा गराई लाय्कुनेरको पुलिस पाटीमा पु¥याइन्छ । त्यसपछि महादेवको खट बोकेर र भद्रकालीको एवं उन्मत्त भैरवको रथ तानेर लाय्कु दरबारको प्राङ्गणमा पु¥याइन्छ । सुरुमा भैरव र भद्रकालीबिच र पछि महादेव र भद्रकालीबिच तीन/तीन पटक रथ जुधाइन्छ । आजै राति चिराग जात्रासहित ब्रह्मायणीमाईको खटयात्रा गरी ब्रह्मायणी द्योछें पु¥याइन्छ ।

आज पूर्णिमाको दिन रथ जुधाउने जात्रा हेर्नका लागि वरिपरिका गाउँका र अन्यत्रका मानिसको घुइँचो लाग्छ । पहिले पहिले विशेष गरी डाँडापारिबबाट तामाङ जातिका थुप्रै दिदीबहिनी पूर्णिमाको अघिल्लो दिन आई रातभरि तामाङ दोहोरी (सेलो) गाउने चलन थियो । पनौती जात्राकै अवसर पारेर चिउरी, केरा र घुम (रोपाइँको बेला पानीबाट बच्न सालको पात प्रयोग गरी बनाएको ओढ्ने वस्तु) को निकै बेचबिखन गर्न ल्याइन्छ । पनौती जात्राका क्रममा थप मनोरञ्जन प्रदान गर्न पनौती नगरपालिका, स्थानीय वडावासी, पनौती पर्यटन केन्द्र, युवा समूह, वाद्यवादन टोलीले निकै मेहनत गरेको छ । पनौती भ्रमणको व्रmममा पनौती सङ्ग्रहालय, खोपासी, बल्थली, नमोबुद्ध, लाँकुरी भन्ज्याङको भ्रमण गर्न सकिन्छ भने पछिल्लो समय पनौतीमै मौलिक नेवारी परिकार पाइने आउटलेट धेरै खोलिएका छन् ।  

Author

सुमनराज ताम्राकार